ताजा अपडेट »

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा

शुक्रबार, २८ जेठ २०७८, ०८ : २०
4 Shares


काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै छन् । दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग छलफल गर्न लागेका हुन ।

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाएको उनको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलो पटक प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्री र सबै दलका प्रमुखहरूलाई छलफलका लागि बोलाएका हुन ।

प्रतिनिधि सभा विघटन भएको अवस्थामा सभामुखका केही विशेषाधिकार प्रयोग हुन सक्ने अनुमान भइरहेका बेला उहाँले पूर्व सभामुखहरूसँग छलफल गर्नुलाई महत्त्वका साथ हेरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।