Mar 29, 2023
नवलपरासी। पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धम्रेन्द्र मिश्रका अनुसार दुर्घटनामा अहिलेसम्म ४ जनाको निधन भएको, एक जना बसमै च्याएको अवस्थामा पाइएको छ ।
काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा दुर्घटनामा परेको हो । प्रमुख जिल्ला अधिकारी मिश्रका अनुसार दुर्घटनामा परि घाईते भएकाहरुलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक अजय केसी र ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले उद्दार गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्