१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । रुपन्देहीको सैनामैनाकी ३ वर्षिया बालिकाले कोरोनालाई पराजित गरेकी छन् । ३ वर्षिया (२वर्ष १० महिना) की प्राप्ति बानियाले छोटो समयमा नै कोरोनालाई पराजित गरी कोरेनामुक्त भएकी हुन् । परिक्षण पछि संक्रमण देखिएको १० दिनमा पुनः परीक्षण गर्दा उनलाई नेगटिभ देखिएको छ । सो क्षेत्रका व्यवसायी बुवा रितु बानियालाई कोरोना देखिएको केही दिनमा उनको स्वाब परीक्षण गरिएको थियो। सैनामैना–३ हाट बजार घर भएका बानियामा १३ दिन अगाडि कोरोना देखिएको थियो ।

उनले भने ‘ लक्षण देखिएको एक हफ्तामा मैले बुटवल गई पिसिआर परीक्षण गराउँदा पोजेटिभ देखियो । मलाई पोजेटिभ देखिएपछि घरमै आइसोलेशन बसे । २–३ दिनपछि श्रीमती र नानूमा पनि लक्षण देखियो ।’ उनीहरुको भने सैनामैना नगरपालिकाले सञ्चालन गरेको निःशुल्क कोरोना परीक्षण कार्यक्रम अन्तर्गत परीक्षण गरिएको उनले जनाए । त्यहाँ उनीहरु दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आमा ध्रुब कार्की बानिया र छोरी प्राप्ति कार्की घरमै आइसोलेशनमा बसेका थिए ।

परिवारनै आइसोलेशनमा रहँदा डाक्टरको सल्लाह अनुसार प्राप्तिलाई प्यारासिटामोल,भिटामिन सि र डी खुवाउनुका साथै निरन्तर तातोपानी र पोषणयुक्त खाना खुवाएको उनका बुवा रितु बानियाले जनाए । मंगलबार पुनः परीक्षण गराउँदा प्राप्ती र उनकी आमा दुबैमा कोरोना नेगटिभ देखिएसँगै उनीहरु कोरोनामुक्त भएका छन् । उनका बुवाको भने तीन दिन अघि गरिएको परीक्षणमा नेगटिभ नतीजा आएको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ विश्वप्रकाश शर्माले भने- गणतन्त्रमा विरोधीको मुख थुन्न पाइँदैन, युवालाई अविलम्ब रिहा गर