July 28, 2021, Wednesday
१३ श्रावण २०७८, बुधबार

वीरगञ्जमा एकै दिनमा १० जना संक्रमितको मृत्यु

102

पर्सा । वीरगन्जको विभिन्न अस्पतालमा भर्ना भएका १० जना कोरोना सङ्क्रमितको उपचारको क्रम्मा मृत्यु भएको छ । पछिलो २४ घण्टा भित्र वीगन्जको विभिन्न अस्पतालमा भर्ना रहेका ७ जना पुरुष र ३ जना महिलाको उपचारको क्रम्ममा मृत्यु भएको हो । वीरगन्जको नारायणी अस्पतालमा भर्ना रहेका ६ जना, भवानी अस्पतालमा भर्ना रहेका २ जना र वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना रहेका १ जना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए । उनले पछिलो २४ घण्टा भित्र पर्सा जिल्लाका ६ जना, बाराका २ जना र सर्लाही जिल्ला निवासी १ जना सङ्क्रमितको उपचारका क्रम्मा मृत्यु भएको बताए ।

कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेमा वीरगन्ज–१६ निवासी ५२ वर्षीय पूरुषको हिजो विहान ९ः४० बजे, वीरगन्ज–८ निवासी ५२ वर्षीय पूरुषको विहान ३ बजे,वीरगन्ज-२२ निवासी ४५ वर्षीय पूरुषको विहान ६ः०५ बजे, वीरगन्ज–१० निवासी ६५ वर्षीय पुरुषको हिजो विहान ११ः४५बजे, पर्साको सखुवा प्रसौनिय गाँउपालिका– २ निवासी ७० वर्षीय पूरुषको विहान ३ः१५ बजे र पर्सा कै कालिकामाई गाँउपालिका–२ निवासी पुरुषको विहान ७ः०५ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

पछिल्लो अपडेट