१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

गुल्मी । भर्खरै सेरोफेरो नेपाल यूट्यूब च्यानलले बजारमा ल्याएको ‘कसम’ बोलको लोकदोहरी म्यूजिक भिडियोमा आमा गायिका र उनकी छोरीले अभिनय गरेकी छन् । चर्चित सर्जक शिव हमालको शब्द–संगीत रहेको उक्त म्यूजिक भिडियोमा गायक बिमल परियार र अञ्जना रायमाझीले स्वर दिएका छन् भने भने गायिका रायमाझीकी छोरी स्मृति रायमाझीले मोडलिङमा पहिलो डेब्यू गरेकी हुन् । स्मृतिका बाबु बैकुण्ठ रायमाझी पनि दर्जनौ गीतका गायक तथा सर्जक हुन् ।

केहि दिन अघि स्वर्गिय आमा प्रति समर्पित ‘दुधको भारा’ बोलको गीतबाट पुनः चर्चामा आएका बैकुञ्ठ रायमाझी आफूसहित एकै परिवारमा तीन जना कलाकार बनेका छन् । दुधको भार गीतमा मन छुने शव्द स्वरसँगै अभिनय समेत उनैले गरेर दर्शक श्रोताको मन जितिरहेका बेला फेरी उनकी धर्मपत्नी अञ्जना र छोरी स्मृति कसम बोलको म्यूजिक भिडियोमा चर्चामा आएका छन् । श्रीमती अञ्जना पनि यस अघि दर्जनौं गीतमा स्वर दिएकी गायिका हुन् । आमाको सुमधुर स्वरमा भर्खर १६ वर्षको उमेरमा पाइला टेकेकी छोरीको छम्छम् नृत्य र अभिनय आकर्षक छ ।

गुल्मीको वामी घर भएका रायमाझी परिवार यूरोपमा लामो समयदेखि बस्ने क्रममा विभिन्न स्टेज प्रोग्राममा सहभागि हुँदैजादा एकै परिवारका तीनैजना सांगितीक क्षेत्रका हस्ती बन्ने अवसर पाएका हुन् । यूरोपका स्टेज प्रोग्रामहरुमा नृत्यमा सहभागि भएपनि मोडलिङ्ग क्षेत्रमा पहिलो पाइला टेकेकी स्मृतिले लोक दोहरी भिडियोको मोडलिङ क्षेत्रमा अहिलेको चर्चित मानिने सुनिल क्षेत्रीसँग अभिनय गर्ने अवसर पाएकी स्मृतिको अभिनय स्तर स्थापित कलकार कै जस्तो देखिन्छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ