१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

टिस्टुङ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका­४ की सरिता नेगी गत वर्ष कृषिमा स्थानीय सरकारले दिने अनुदानबारे बुझ्न गाउँपालिकाको कृषि शाखामा पुगिन् । सामूहिक खेती गर्नेलाई प्रोत्साहन गर्ने गाउँपालिकाको नीति रहेको र सामूहिक खेती गरे गाउँपालिकाले बीउ अनुदान दिने कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले बताएपछि सरिताको मन पनि सामूहिक खेतीतर्फ तानियो । त्यसअघि सरितासहित गाउँका २६ जना महिलाले बन्दडाँडा कृषक समूह गठन गरिसकेका थिए ।

Advertisement

कृषक समूहअन्तर्गत १० महिला मिलेर सामूहिक रुपमा बेसार खेती गर्ने तयारी गरे । गाउँपालिकाको कृषि शाखाले महिला कृषक समूहलाई दाङ जिल्लाबाट झिकाइएको छ क्वीन्टल ‘हाइब्रिड’ बेसारको बीउ उपलब्ध गरायो । गाउँपालिकाले बीउ उपलब्ध गराएपछि महिलाहरुले समूहकी सदस्य मिना ठकुरीको करीब १० कट्ठा जग्गामा सामूहिक खेती शुरु गरे । जमीनमुनि बेसार हुर्कँदै गर्दा मकै बाली लिन सकिने भएकाले बेसार खेतीका लागि मिनाले समूहलाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराईन् । हावापानीका दृष्टिले मकवानपुरगढी बेसार खेतीका लागि निकै उपयुक्त मानिन्छ ।

बीउ पनि निःशुल्क र जग्गा पनि निःशुल्क भएपछि झनै उत्साहित भएका महिलाले बेसार खेतीका लागि जम्माजम्मी नगद रु। २०० का दरले लगानी गरे । समूहको सचिवसमेत रहनुभएकी सरिता भन्नुहुन्छ, ‘‘ट्याक्टर जोतेको ज्याला दिन सबैले रु दुई सयको दरले उठायौँ, प्रत्येक सदस्यले दुई बोराको दरले गोठे मल जम्मा ग¥यौँ र अरु काम सबैले मिलेर गर्यौँ ।’’

रोपेको एक वर्षपछि बेसारबाट नगद आम्दानी लिन पाउँदा अहिले समूहका महिला निकै दङ्ग छन् । समूहकी अध्यक्ष जानुकीमाया हमाल सामूहिकरुपमा यस वर्ष रु। ३३ हजारको बेसार बेचेको बताउछिन् । उनीहरुले गाउँपालिकाकै वडा नम्बर ५ सिमलटारका महिलालाई सामूहिक खेतीको लागि बीउको रुपमा बेसार बेचेका हुन् । गाउँपालिकाले तोकिदिएको प्रतिकिलो रु। ५५ का दरले बेसारको बीउ विक्री गरेको हमालले बताउनुभयो । अर्को समूहलाई विक्री गरेर बाँकी रहेको चार क्वीन्टल यस वर्ष पनि सामूहिक रुपमा खेती गर्ने उनीहरुको तयारी छ । त्यसको लागि यस वर्ष अध्यक्ष हमालले आफ्नै जग्गा निःशुल्क रुपमा उपलब्ध गराएका छन् ।

समूहमा खेती गर्दा सामूहिक भावनाको विकास हुनुको साथै गाउँमा आपसी सद्भाव र सहकार्यको पनि विकास भएको महिलाहरु बताउँछन् । समूहमा काम गर्दा मिलेर काम गर्ने बानीको बिकास हुने, जाँगर बढ्ने र कम लगानीबाट धेरै लाभ लिन सकिने उनीहरुको अनुभव छ । समूहकी सचिव नेगी रु। २०० नगद लगानी गरेर रु तीन हजार ३०० को दरले आम्दानी गरेको बताउछन्। त्यसमा उनीहरुले अर्को वर्षको लागि बीउको जोहो पनि गरेका छन् ।

त्यति मात्र होइन, महिलाहरुले अघिल्लो वर्ष रापेको बेसारको बीउ९माउ० खनेर झण्डै डेढ क्वीन्टलका दरले दामासाहीमा भाग लगाएका छन् । यसरी भागमा परेको बेसार धुलो बनाएर घरमै तरकारीमा हाल्न प्रयोग गर्ने र बढी भएको विक्री गर्ने उनीहरुको योजना छ । अहिले बजारमा बेसारको भाउ प्रतिकिलो रु। ४०० रहेको छ । बन्द डाँडा कृषक समूहमा आवद्ध महिलाले यस वर्ष सामूहिकरुमा तरकारी र फलफूलको नर्सरी पनि स्थापना गरेका छन् ।
­­­

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै