९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

फाइल तस्विर

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को एक स्थानीय तहले छुट्टै भवन बनाएर एचडियु (मिनी आइसियु) सेवासहितको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएपछि कोरोना सङ्क्रमित बिरामीलाई सहज भएको छ । जिल्लाको बर्दघाट नगरपालिकाले चिसापानीस्थित ढेंडारीफाँटमा कोरोना कहरकैबीचमा अस्पताल भवन बनाएर बीस श्ययाको आइसोलेशन सञ्चालन गरेको हो ।

Advertisement

सेन्टरमा अहिले गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको छ । जिल्लामा एचडियु सेवा नहुँदा बुटवल, भैरहवा र भरतपुरका अस्पतालमा जानुपर्ने बाध्यता थियोे । नगरपालिकाले गत वर्षको असारमा कोभिड-१९ महामारीकै बीचमा आइसोलेशन भवन निर्माण शुरु गरेर अहिले आइसोलेशन पुनः सञ्चालनमा ल्याएको हो । दोस्रो लहरको नयाँ भेरियन्टको कोरोना महामारीका कारण अस्पतालहरूमा शैय्या र अक्सिजन अभावमा अकालमै मृत्यृवरण र उपचारमै समस्या भोग्नु परेको बेला बर्दघाट नगरपालिकाले जिल्लामै पहिलो एचडियुसहितको सुविधासम्पन्न आइसोलेशन सञ्चालनमा ल्याएको नगरप्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।

बर्दघाटमै सञ्चालनमा रहेको सरकारी स्वामित्वको चिसापानी अस्पतालको आफ्नै जग्गा र भवन नहुँदा सञ्चालन कठिनाइ हुँदै आएको थियो । पहिलो चरणमा करीब रु ७५ लाख र दोस्रो चरणमा करीब रु २० लाखको लागतमा उक्त भवन बनाइएको हो । नगरप्रमुख बस्यालले कोभिड महामारीलाई लक्षित गरी स्वास्थ्य क्षेत्रको पहुँच बढाउन आवश्यक देखिएकाले नयाँ भवन बनाएरै आइसोलेशन सेन्टर बनाइएको बताए । उनले अल्पकालीन कोभिड आइसोलेशन र दीर्घकालीन रूपमा चिसापानी अस्पताल सञ्चालन गर्ने उद्देश्यले भवन निर्माण गरिएको जानकारी दिए । आइसोलेशन सेन्टरमा डा शान्ति केसी डा पवन अग्रहरिसहितका विशेषज्ञ चिकित्सकको निगरानीमा अक्सिजनसहितको शैय्यामा सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख माधव ज्ञवालीले बताए ।

नगरपालिकाले सङ्क्रमितलाई आइसोलेशन र बुटवलसम्म थप उपचारका लागि जानु परेमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । कोरोना सङ्क्रमितको चापलाई दृष्टिगत गर्दै बर्दघाट नगरपालिकामै रहेको शहीद स्मृति सामुदायिक अस्पतालमा पनि १२ शैय्याको अक्सिजनसहितको आइसोलेशन निर्माण गरिएको नगरप्रमुख शर्माले बताए । जिल्लामा रहेका सात स्थानीय तह र अस्पतालले १०३ श्ययाको आइसोलेशन सञ्चालन गरेका छन् । अधिकांश सेन्टरमा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव रहेको छ । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ भने सङ्क्रमणबाट ९५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो