१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

फाइल तस्वीर

गुल्मी। नेपाल पत्रकार महासंघ गुल्मीको अक्सिजन प्लान्ट स्थापना गर्ने अभियानमा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारबाट एक करोड छुट्टाउने सिफारिस गरेका छन् । गुल्मी क्षेत्र नम्वर-१ का सांसद समेत रहेका परराष्ट्रमन्त्री ज्ञवालीले सोमवार गुल्मीका पत्रकारहरुलाई धन्यवाद दिदै एक करोड रकम स्वीकृत समेत भएको जानकारी दिए । परराष्ट्रमन्त्री ज्ञवालीको सचिवालयबाट प्राप्त पत्र अनुसार वैशाख ३१ गते गुल्मी अस्पतालबाट गुल्मीमा कोभिड-१९ को महामारी बढ्दै गएको , संक्रमितको संख्या ९०१ (३० बैशाख गतेसम्म ) जना पुगेको र दैनिक ६० देखि ७० जना सम्मलाई अक्सिजन दिनु पर्नेमा अक्सिजनको अत्यन्तै अभाव भएकोले आईसियु कक्ष निर्माण तथा अक्सिजन पलान्ट स्थापनना गर्न भनि एक करोड रुपैयाँ मन्त्री ज्ञवाली समक्ष माग गरिएको थियो ।

सोही पत्रका आधारमा परराष्ट्रमन्त्रीको निजी सचिवालयका उपसचिव तेजबहादुर क्षेत्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालेमा पत्र पठाउँदै लेखिेका छन गुल्मी अस्पतालमा आईसियु कक्ष निर्माण र अक्सिजन पलान्ट स्थापनाका लागि रु. १ करोड सहयोग गर्न परराष्ट्रमन्त्रीज्युबाट सिफारिस भएको हुँदा कार्यार्थ आदेश अनुसार अनुरोध छ । उक्त पत्रमा सो मन्त्रालयले पनि सदर गरेको छ । सुरुमा नेपाल पत्रकार महासंघ गुल्मीले अक्सिजनको अत्यन्तै अभाव भएको र अक्सिन कै अभावमा कतिपयको ज्यान समेत गए पछि तत्काल बैठक बसेर अक्सिजन अभियन सञ्चालन गरेको थियो ।

उक्त अभियानमा सारा गुल्मेलीहरुले साथ दिएर ठुलो परिमाणमा सहयोग संकलन हुन थाले पछि सरोकारवालाहरुले गुल्मी अस्पताल मै दिर्घकालिन समथानका लागि अक्सिजन पलान्ट स्थापना गर्ने योजना अगाडी सारेका हुन् । जुन कार्यलाई स्वागत गर्दै गुल्मी क्षेत्र नम्वर २ का सांसद तथा पुर्वमन्त्री गोकर्ण बिष्टले १० लाख जुटाउने घोषणा गरेका छन् । गुल्मी उद्योग बाणिज्य संघले १७ लाख सहयोग गर्ने घोषणा गरेको छ । जिल्ला समन्व्य समितिले १० लाख र पत्रकार महासंघमा हालसम्म ४५ लाख उठेको हिसाव-किताव कर्ता तथा सहयोग संकलन अभियानका सदस्य तारा प्रसाद भुसालले जानकारी दिए । हाल सम्म कुल ८२ लाख घोषित रकम हुन पुगेको छ । गुल्मी सेवा समाज जापानले अहिलेसम्म २० लाख संकलन गरेको जनाईएको छ । अन्ततः नेपाल पत्रकार महासंघको यो अभियान सफल हुने देखिएको छ । सोमवार पनि यस बिषयमा कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठक बसेको पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ