१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

परासी । नवलपरासीको रामग्राम नगरपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ। नयाँ भेरियन्ट सहितको कोभिड-१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री बितरण गरेका हुन्।

Advertisement

यस्तो विषम परिस्थितिमा आमनागरिकहरुलाइ कोभिड१९ बाट बचाउन र सन्क्रमितलाइ उपचार सेवा प्रदान गर्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले सहयोग गरिरहेका छन तर जिल्ला कारगारका कैदीबन्दीलाई सुरक्षित राख्न बाहिरी संघ संस्थाहरुबाट सहयोग हुन नसकेको बेला कैदीबन्दीलाइ ध्यानमा राखि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ती स्वास्थ्य सामाग्री कारगारका निमित्त प्रमुख इश्वरी आचार्यलाई हस्तान्तरण गरेका हुन। यस्तो माहामारीका बेला त्रसित भैरहेको कैदीबन्दीहरुलाइ निषेधाज्ञाका कारणले स्वास्थ सामाग्री र पैसा सहित भेट्न नत्र उनिहरुको आफन्तनै आउछन नत्र यहाँका विभिन्न सरकारी गैरसरकारी एव सामाजिक संघ संस्थाहरुले नै खासै ध्यान दिएका छ्न।

सामाग्री बुझ्दै निमित्त कारगार प्रमुख इश्वरी आचार्याले, कारगारमा बाहिरबाट आउने कैदीबन्दीहरुलाइ पिसिआर परिक्षण गरि मात्र कारगार चलान गरिएको छ भने यहाँ खटिने सुरक्षाकर्मी र हामी कर्मचारीहरु पनि स्वास्थ मापदण्ड अपनाउने गरेका छौँ तर पनि भाइरल ज्वरो र फ्लूको संक्रमण हुने समय रहेकाले कैदीबन्दीहरु स्वास्थ सामग्रीको अभावकै कारण उचित सुरक्षाका मापदण्ड अपनाउन नसकेकाले त्रसित भैरहेको बेला यस्तो परिस्थितिमा हामिलाइ सम्झिदै नगरपालिकाले दिएको यो सहयोग निकै ठूलो र महत्त्वपूर्ण रहेको निमित्त जेलर आचार्यले जानकारी दिए।

कारगारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख गुप्ताले केहिदिनमै थप आवश्यक औषधि, भिटामिन्स, जिन्क, मास्क, सेनिटाइजर, ग्लोब्स सहयोग गर्ने प्रतिबद्धता जनाउदै यसबाट कैदीबन्दीहरुको मनोबल पनि उच्च रह्ने बिश्वास व्यक्त गरे। स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख रम्भा कुँवरले कारगारमा रहेका कैदीबन्दीहरुको मनोबल उच्च राखन स्वास्थ्य सामग्री, आवश्यक औषधि र टेस्ट, बिरामीलाई उपचारका लागि एम्बुलेन्स समेतको सहयोगमा नगरपालिकाले भरभुर सहयोग गर्ने बताएका छन्।

उप प्रमुख कुँवरले कोभिड १९ रोकथामका लागि खटिने स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र कर्मचारीहरुलाइ विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्दै आएपनी कैदीबन्दीहरु पनि यसै देशको नागरिक हुन उनिहरुलाइ पनि कोभिड बाट बचाउन र मनोबल बढाउन हामीले उल्लेखनीय भुमिका खेल्नु पर्ने बताइन्।

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ