१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीहरुको बीचमा एकताको प्रयास निष्कर्षमा पुग्न नसकेको बताएका छन्। आज मदन – आश्रित स्मृति दिवसको अवसर पारी एक प्रेस वक्तव्य जारी गर्दै ओलीले यस्तो बताएका हुन्।

Advertisement

‘तीन वर्ष अगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचमा पार्टी एकीकरण गरेका थियौं। यो विभाजित कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिकआर्थिक रुपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको ‘च्याम्पियन’ बनाउने हाम्रो इमान्दार प्रयास थियो,’ ओलीले भनेका छन्, ‘तर कतिपय नेताहरुका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन।’

मदन भण्डारी र जीवराज आश्रितको २८ वर्षअघि दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो। दुबै नेताप्रति श्रद्धाञ्जली अर्पण गर्दै ओलीले दुई नेताको निधनले नेपालको कम्युनिस्ट आन्दोलनमा गम्भीर धक्का पुगेको बताएका छन्।

जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधन नेपालको कम्युनिष्ट आन्दोलनका लागि एउटा अपूरणीय क्षति र गम्भीर धक्काको विषय थियो,’ उनले भनेका छन्, ‘कतिपय विरोधीहरुले उहाँहरुको निधनसँगै नेपाली कम्युनिष्ट आन्दोलन ओह्रालो लाग्दै समाप्त हुने भविष्यवाणी समेत गरेका थिए।’

तर ती सबै अनुमान र भविष्यवाणीहरु व्यर्थ साबित भएको उनले दाबी गरेका छन्। ओलीले कम्युनिष्ट आन्दोलनको पहल र नेतृत्वमा राजतन्त्रको अन्त्य भएर मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै जनताका प्रतिनिधिहरुबाट निर्मित प्रगतिशील संविधान जारी भएकोसमेत बताएका छन्। ‘आज नेपाली कम्युनिष्ट आन्दोलन मुलुकको मुख्य शक्तिका रुपमा स्थापित भएको छ र नेकपा (एमाले) मुलुकको प्रमुख राजनीतिक दलका रुपमा सरकारको नेतृत्व गरिरहेको छ,’ ओलीले भनेका छन्।

एकीकरण प्रयास सफल नभए पनि एकीकरणको विरासतलाई अघि बढाउने संकल्प ओलीले व्यक्त गरेका छन्। ‘आज नेकपा (एमाले) उक्त एकीकरणको विरासतलाई अगाडि बढाउँदै नयाँ स्वरुपमा पुनःस्थापित भएको छ। हामी कम्युनिष्ट आन्दोलनलाई एकीकत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतः सङ्कल्पित छौँ,’ उनले भनेका छन्।

मदन – आश्रितको २८ औं स्मृति दिवसका सन्दर्भमा एमालेले सङ्कल्प गर्नै पर्ने कुरामासमेत ओलीले जोड दिएका छन्। ‘हामी जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने छौँ। अधिकारको प्राप्ति, अवसरमा पहुँच, सामाजिक न्याय र समानताको सुनिश्चितता भएको समाज निर्माण गरीछाड्ने छौं,’ उनले भनेका छन्, ‘राष्ट्रियताको सम्वर्द्धन र राष्ट्रिय हितको रक्षाका लागि अविचलित रुपमा क्रियाशील रहने छौँ। अनि यी उद्देश्य प्राप्तिका लागि पार्टीलाई एकतावद्ध, जनआधारित, गतिशील, अनुशासित र मुलुकको नेतृत्वदायी शक्तिका रुपमा स्थापित गर्ने छौँ।’

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ