१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

काठमाडौँ । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ । अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् ।

Advertisement

नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक रु दश करोड बराबरको नोक्सानी भएको छ । गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म बिक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करिब रु तीन अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ ।

चालु पुँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनाईएको छ । “गत वर्षको बन्दाबन्दी पछि धेरै क्षेत्रलाई सरकारले अनुदान र राहत उपलब्ध गरायो तर दुग्ध क्षेत्रले आजसम्म कुनै पनि राहत तथा सहयोग पाएको छैन । सरकारी सहयोग नहुँदा धेरै व्यवसायी तथा किसानको आकर्षण घट्दो रहेको छ”, उनले भने । 

उनका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ । महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छुटमा रु पाँच करोडसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउँछन्। “बन्दाबन्दीले हामीहरू व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका थियौँ, अन्य क्षेत्रमा कर्जा पाउँन समस्या भएता पनि डेरी उद्योगीहरूलाई बैंकले खोजीखोजी कर्जा उपलब्ध गराउँदा धेरै सहज भएको थियो”, उनले भने । 

डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।18 Shares

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप