१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाडौँ । नयाँ भेरियन्टसहितको कोभिड– १९ को सङ्क्रमण तीव्ररुपमा फैलिएका बेला गोकर्णेश्वर नगरपालिका–३ ले अक्सिजनका ३२० सिलिन्डर जम्मा गरेको छ । हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले राससलाई जानकारी दिए । कोरोना सङ्क्रमित भई गम्भीर भएर अक्सिजनसहितको उपचार आवश्यक पर्नेका लागि घर घर डुलेर अक्सिजन सिलिन्डर जम्मा पारी नगर कार्यपालिकाको कार्यालयमा बुझाइएको हो ।

Advertisement

अक्सिजनको अभाव भई अस्पतालले कोरोना सङ्क्रमितलाई उपचारका लागि भर्ना गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गर्न थालेपछि महानगरीय प्रभाग गोकर्णको सहयोगमा पछि फिर्ता गर्ने सर्तमा घर र उद्योगमा रहेका अक्सिजन सिलिन्डर जम्मा गरिएको हो । जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत आएर प्रयोगपछि फिर्ता गर्ने प्रतिबद्धता जनाएर अक्सिजन सिलिन्डर जम्मा गर्न सहज भएको जनाइएको छ ।

भेरोसेल दोस्रो चरणको खोप शुरु

यसैबीच कोरोनाबाट बच्न उपयोगी मानिएको चिनियाँ खोप भेरोसेलको दोस्रो चरण नगरपालिकाका दुई केन्द्रमा लगाउन शुरु गरिएको स्वास्थ्य शाखाले जनाएको छ । वडा नं ५ स्थित चामुण्डा उच्च मावि भवन परिसर र नेपाल मेडिकल कलेज परिसरमा बिहान १०ः०० बजेदेखि खोप शुरु गरिएको हो । जनप्रतिनिधिको उपस्थितिमा नगरपालिका स्वास्थ्य शाखा, नेपाल प्रहरी, नेपाल रेडक्रस, नगर प्रहरीको व्यवस्थापनमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी खोप सेवा शुरु गरिएको छ ।

दोस्रो चरणको खोप लगाउन पहिलो चरणमा खोप लगाएको कार्ड अनिवार्य रुपमा लिएर आउन अनुरोध गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले सुनाउनुभयो । पहिलो चरणको खोप कार्ड लिएर आउनेलाई मापदण्डअनुसार लाममा राखी खोप दिइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै