९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

राँझा । लुम्बिनी प्रदेशको बाँके र दाङमा गरी नौ सङ्क्रमितको मृत्यु भएको छ । यीमध्ये सात बाँके र दुई दाङका छन् । बाँकेमा अस्पताल भर्ना भएका थप सात कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ ।

बर्दियाका तीन, बाँकेका दुई, रोल्पाका र कैलालीका एक–एक गरी सातको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१५ निवासी ६७ वर्षीय पुरुष, मधुवन नगरपालिका–९ बर्दिया निवासी ७१ वर्षीय पुरुष, बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ५० वर्षीय पुरुष, रुण्टीगढी गाउँपालिका रोल्पा निवासी ३५ वर्षीय पुरुष र बढैयाताल–२ निवासी ८७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत गौरीगङ्गा गाउँपालिका–४ कैलाली निवासी ५२ वर्षीय पुरुषको पनि गए राति उपचारका क्रममा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाबाट २३४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा १८३ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने