June 23, 2021, Wednesday
९ असार २०७८, बुधबार

बुटवलमा थप ३ संक्रमितकाे मृत्यु

1.1K

बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यू भएको छ ।आइतवार बिहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यू भएको अस्पतालले जनाएको छ ।अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार २ जनाको आकस्मिक कक्ष र एक जनाको बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालको आइसीयू कक्षमा मृत्यु भएको हो ।

नवलपरासी भूमहीका ४८ बर्षिय पुरुषको बुटवल कोरोना विशेष अस्पतालको आइसीयूमा उपचारका क्रममा आइतबार बिहान १२ः४० बजे मृत्यू भएको हो ।बैशाख २४ गते कोरोना पुष्टि भएका ती पुरुष २६ गते अस्पतालमा भर्ना भइ उपचारत रहेको सूचना अधिकारी डा. गौतमले जानकारी दिए ।यसैगरी गुल्मी सत्यवती गाउँपालिका ५ निवासी ४५ वर्षीय पुरुषको आकस्मिक कक्षको वार्डमा उपचारका क्रममा मृत्यू भएको हो । बैशाख २८ गते भर्ना भएका उनको विहान ५ः१५ बजे मृत्यू भएको अस्पतालले जनाएको छ ।

यसैगरि तिलोत्तमा ४ रुपन्देहीका ३६ बर्षिय पुरुषको आकस्मिक कक्षमा गएराति ९ः५५ बजे मृत्यु भएको डा. गौतमले बताए ।श्वासप्रश्वासको समस्याले अस्पताल ल्याएका उनको आकस्मिक कक्षमै मृत्यू भएको हो । यो सँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ३३९ पुगेको छ ।

पछिल्लो अपडेट