९ जेष्ठ २०७९, सोमबार

May 23, 2022

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिद्धाथनगर नगर कमिटि रुपन्देहीले कोरोनाको संक्रमण भएर भिम अस्पतालमा रहेका विरामीका लागि निःशुल्क तातो पानी, बेसार, ज्यानो पानी, चिया र अण्डा वितरण शुरु गरको छ ।

Advertisement

शनिवारबाट शुरु गरिएको वितरण कार्यक्रमलाई केहि दिन सम्म निरन्तरता दिने माओवादी केन्द नगर कमिटिले जानकारी दिएको छ । दिनको तिन पटक विहान, ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ देखि २ बजे सम्म र साझ ५ बजे देखी ७ बजे सम्म विरामीलाई आवश्यकता अनुसार तातो पानी, बेसार, ज्यानो पानी, चिया र अण्डा वितरण गरिने पार्टीका नगर ईञ्चार्ज डार्विन रोक्का मगरले जानकारी दिए ।

कोरोनाका कारण अस्पतालमा भर्ना भएका विरामी र उनका कुरुवाहरुका लागि आवश्यक पर्ने खानेकुराहरु स्थानिय बजारमा निषेधाज्ञा जारि भएपछि पाउन छाडेकाले पार्टीले निःशुल्क रुपमा वितरण गर्न शुरु गरेको पार्टीका विद्यार्थी नेता तुल्सी न्यौपानेले बताए ।वितरण कार्यक्रम पार्टीको नगर कमिटि, जनबर्गिय संगठन वाईसिएल नेपालले संयुक्त रुपमा संचालन गर्ने पार्टीको नगर कार्यालयले जनाएको छ ।

माहामारीको बेलामा आपत्तमा परेका विरामीहरुका लागि मानवताको हिसावले सहयोग गरिएको पार्टीका नेता फैज अहमद खानले जनाए । सो पार्टीले अस्पतालमा शुरु गरिएको वितरण कार्यक्रमलाई सफल पार्नका लागि सवैले आआफ्नो क्षेत्र बाट सहयोग पुराउन पनि अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मौसम : हावाहुरीसहित वर्षाको सम्भावना क्यानडामा भीषण आँधीः ९ लाख घर विद्युतविहीन दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता गौतमबुद्ध अन्तरास्ट्रिय बिमानस्थलमा जजीरा एयरसँग चरा ठोक्कियो, उडान हुन सकेन स्थानीय सरकार र छाडा पशु चौपाया व्यवस्थापनको मुद्दा मोबाइल एपबाटै यसरी भगाउनुहोस्, आफ्नो वरपरका लामखुट्टे मणिमुकुन्द क्लबले मनायो पाँचौ राष्ट्रिय भलिबल दिवस, तिलोत्तमामा दिप प्रज्वलन चट्याङ लागेर एक जनाको मृत्यु, तीन गम्भीर घाइते बाघको आक्रमणबाट फूलकुमारीको मृत्यु पेट्रोलियम पदार्थमा १० रुपैयाँ, ग्यासमा २ सयले मूल्यवृद्धि तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दियो रेशम चौधरी जेलमा, रिहा माग्‍ने पार्टी बन्यो पहिलो बालेनको मत ४१ हजार कट्यो, सिंह स्थापितसँग मतान्तर बढाउँदै धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित तिलोत्तमामा खाँणले अग्रता बढाउँदै, चापागाईँ भन्दा ३५७ मतले अगाडि स्थानीय निर्वाचन: एक समीक्षा बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य रुपन्देहीमा पालिका प्रमुख हार्दा उपप्रमुखमा भने एमालेको बर्चश्व सकसमा नेपाली अर्थतन्त्र धारिलो हतियार प्रहार गरी बाबु-छोराको हत्या, तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिँदै