१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । कोरोना संक्रमणबाट लुम्विनी प्रदेशमा हाल सम्म १ हजार ३५ जनाको मृत्यु भएको छ । भने कुला संक्रमित मध्ये ६८ प्रतिशतले कोरोना जितेका छन । लुम्विनी प्रदेश , स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्याङक अनुसार कोरोना संक्रमणबाट प्रदेशभर मृत्यु हुने महिलाको संख्या ३५९ जना रहेको छ ।

Advertisement

पुरुषको संख्या ३ सय ७६ जना रहेको छ । जस मध्ये १५ बर्ष मुनीका एक जना मात्रैको मृत्यु भएको छ । १६ देखि ५९ बर्ष सम्मका मृतकको संख्या ६ सय ४२ जना रहेका छन । ६० बर्ष माथीका ३ सय ९२ जना रहेका छन । यस प्रदेशका १२ वटा जिल्ला मध्ये मृत्यु हुनेको संख्या रुपन्देहीमा बढि छ । त्यस जिल्लामा हाल सम्म महिला १ सय २८ , पुरुष २०१ सहित कुल ३ सय २९ जनाको मृत्यु भएको छ । रुपन्देही पछि मृत्यु हुनेको दोश्रो ठुलो संख्या बाँके जिल्ला रहेको छ । बाँकेमा हाल सम्म ९२ जना महिला , पुरुष १ सय २८ सहित कुल २ सय २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको तेश्रो ठुलो संख्या दाङ्ग रहेको छ ।

त्यहाँ हाल सम्म ४५ महिला , पुरुष ८५ सहित मृत्यु हुनेको संख्या १ सय ३० जना पुगेको छ । मृत्यु हुनेको चौथो ठुलो जिल्ला कपिलवस्तुमा २७ महिला ६७ पुरुष सहित ९४ जनाको ज्यान गएको छ । त्यस पछि नवलपरासी (पश्चिम ) मा हाल सम्म महिला १९ पुरुष ३९ सहित कुला ५८ जनाको मृत्यु भएको छ । वर्दियमा १५ महिला , ३७ पुरुष सहित कुल ५२ जनाको मृत्यु भएको छ । पाल्पामा हाल सम्म १५ महिला, ३६ पुरुष सहित ५१ जनाको मृत्यु भएको छ । गुल्मीमा ७ महिला , ४१ पुरुष सहित ४८ जनाको मृत्यु भएको छ । अर्घाखाँचीमा ७ महिला , २५ पुरुष सहित २५ जनाको ज्यान गएको छ ।

प्युठानमा एक महिला १४ पुरुष सहित १५ जनाको मृत्यु भएको छ । रोल्पामा ३ महिला ३ पुरुष सहित मृत्यु हुनेको संख्या ६ पुगेको छ । रुकुम पश्चिम भने मृत्यु दरमा शुन्यमा छ । हाल सम्म प्रदेशभर ६०९६६ जना संक्रमित मध्ये ४१ ह्जार ४ सय ९७ जनाले कोरोना जितेका छन । १८ हजार ४ सय ३० जना संक्रिय संक्रमित रहेका छन । १७ हजार १ सय ५१ जना होमआईसोलेशनमा छन । ८ सय ९८ जना संक्रमितले कोभिड अस्पताल तथा निजी अस्पतालमा उपचार गराई रहेका छन । ३ सय ८१ जना आईसोलेशन सेन्टरमा उपचार गराई रहेका छन । प्रदेशभर १ सय १३ वटा आईसोलेशन छन । जसमा १७ सय ५३ वटा शैया छन ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप