१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

पश्चिम । नवलपरासीमा कोरोना संक्रमण ह्वात्तै बढेपछि १० दिन देखि जारी निषेधाज्ञा १५ दिन थप गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबार रातिदेखि जेठ १५ गते सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए । समुदायस्तरमा समेत संक्रमण फैलिएको पाईएकाले जिल्लामा निषेधाज्ञालाई थप कडा पार्ने बैठकले निर्णय गरेको छ ।

निषेधाज्ञको अवधिमा हप्तामा तिन दिन संञ्चालनमा रहेको बैंक तथा वित्तिय संस्थामा सेवाग्राहिको चाप बढेपछि अब देखि पूर्ण रुपमा बन्द भएका छन् । जिल्लामा कोरोना संक्रमितको मृत्यु हुने क्रम बढेपछि प्रशासनले प्रहरी परिचालन बढाउने र अत्यावश्यक काम बाहेक हिडडुँल गर्न नदिने तयारी गरेको छ । साथै अत्यावश्यक वस्तु वा सेवा मध्ये औषधी, इन्धन, पानी मात्र विक्रि गर्ने तथा स्वास्थ्य सामाग्री विक्री वितरण गर्ने पसल व्यवसाय बाहेक कुनैपनि पसल व्यवसाय सञ्चालन नगर्न भनिएको छ ।

सिमा क्षेत्रमा जनपथ र शसस्त्र प्रहरीको संयुक्त गस्ती मार्फत आउजाउ पूर्ण रुपमा बन्द गर्ने प्रशासनले जनाएको छ । यसअघि जिल्लामा बैशाख २१ गते रातिदेखि १० दिनका लागी निषेधाज्ञा जारी गरिएको थियो । जिल्लामा कोरोना संक्रमणमा कमि नआएपछि प्रशासन निषेधाज्ञा थप कडा बनाउने तयारीमा छ । पश्चिम नवलपरासीमा कोरोनाका सक्रिय संक्रमितको सङख्या १२ सय नाघेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप बलात्कार आराेपमा एकजना पक्राउ