१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

फाइल तस्विर

बलेवा । कालीगण्डकी नदीमाथि यहाँका दुई गाउँ जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरो चिमाङ गाउँ र वडा नं। २ को तल्लो मार्फा गाउँलाई जोड्ने गरी पक्की पुल निर्माणको काम शुरु भएको हो ।कोरोना महामारीबीच निर्माण कम्पनीले पुलको प्रारम्भिक काम थालेको जनाएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वधार मन्त्रालयले यो पुल निर्माण थालेको हो । मुस्ताङ जिल्लामै पहिलो ‘पाएल’ प्रविधिबाट निर्माण हुने यो पुल रु सात करोड ८० लाख २४ हजारको लागतमा सम्पन्न हुनेछ ।

कूल ६४ मिटर १० सेन्टिमिटर लम्बाइ र आठ मिटर ४० सेन्टिमिटर चौडाइमा निर्माण हुने पक्की पुलमा दायाँबायाँ दुबैतर्फ एक मिटर २० सेन्टिमिटर फुटपाथ निर्माण हुने पूर्वाधार विकास कार्यालय जोमसोमका कार्यालय प्रमुख विष्णु पौडेलले बताए । पुल निर्माणको जिम्मा पाएको देवेन सायर कन्स्टक्सन प्रालि काठमाडौँले एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने जनाएको छ ।

कोरोना महामारीको असर नपरे एक वर्षमा पुल निर्माण भैसक्ने गरी सम्झौता भएको इन्जिनीयर पौडेलले बताए । यो पुल निर्माणपछि छैरो चिमाङ गाउँमा उत्पादित कृषिजन्य उत्पादन बजारीकरणका लागि सहज हुनेछ भने छैरो गाउँ जाने यात्रुलाई आवतजावतमा सहज हुने छ ।हिउँदमा मात्रै सवारी चल्ने छैरो गाउँमा अब वर्षैभरि सवारी चल्ने घरपझोङ गाउँपालिका–१ का अध्यक्ष आइतप्रसाद थकालीले बताए । कालीगण्डकीमा पुल नहुँदा स्थानीयवासीले वर्षाको समयमा जोखिम मोलेर यात्रा गर्नु परेको थियो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै