१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

सिमकोट । जिल्ला सदरमुकाम सिमकोटमा सीमित रहेको कोरोना भाइरसको सङ्क्रमण पछिल्ला दिनहरुमा गाउँमा समेत देखिएको छ । सङ्क्रमण गाउँमा वृद्धि भएसँगै स्थानीयबासी चिन्तित हुन थालेका छन् । बुधबार सर्केगाड गाउँपालिकामा गरिएको कोरोनाको एन्टिजिन परीक्षणका क्रममा दुई जनामा सङ्क्रमण पुष्टि भएसँगै कोरोना गाउँमा प्रवेश गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सो परीक्षणका क्रममा गाउँपालिका स्वास्थ्य संयोजक सहित अन्य दुईमा सङ्क्रमण पुष्टि भएको हो ।

Advertisement

यसैगरी बाजुरासँग सिमाना जोडिएको ताँजकोट गाउँपालिकामा १८ जनामा सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिकाले बुधबार र बिहीबार गरेको परीक्षणका क्रममा १३ पुरुष र ५ महिलामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्र स्यांकुले जानकारी दिए । बुधबारदेखि स्वास्थ्यकर्मीका दुई टोली बनाएर परीक्षण गरिएको थियो । उनले भने, “गाउँमा गाउँमा खटिएका टोलीले परीक्षण गर्ने क्रम जारी नै रहेकाले बिहीबार बेलुकासम्म्म १८ पुगेको हो ।”

सङ्क्रमित हुनेमा सबैभन्दा बढी वडा चारका दश जना छन् । लामो समयदेखि घरमै बिरामी परेकाहरु मध्येका अधिकांशमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक स्यांकुले जानकारी दिए। मैला स्वास्थ्य चौकीबाट गएको स्वास्थ्यकर्मीको टोलीले परीक्षण गर्दा चार मध्ये तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । ताँजकोटका एक जनाको रिर्पोट भने नेगेटिभ आएको बताइएको छ ।

परीक्षण गर्न चार टोली परिचालन

हरेक वडामा बिरामीको सङ्ख्या देखिएपछि आफैले एन्टिजिन कीट खरीद गरेर बुधबारबाट परिक्षण शुरुआत गरेको ताँजाकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष बागदल मल्लले कारोना परीक्षणमा तीब्रता दिइएको जानकारी दिए । “सङ्क्रमणको दर वृद्धि भएपछि परिक्षणको दायरामा ल्याउने योजनाका साथ स्वास्थ्यकर्मीका चारवटा समूह परिचलान गरेको हौं ”उनले भने, “परीक्षणबाट सङ्क्रमण पुष्टि भएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा केहीलाई मैला स्वास्थ्य चौकीमा र केहीलाई घरमै बेग्लै राख्ने काम गरेका छौं ।”

सङ्क्रमणको जोखिम रहेको ताँजाकोट–३ रामागाउँका स्थानीयबासीले एन्टिजिन परीक्षण गर्न मानेका छैनन् । सिमकोटमा समेत बिहीबार थप २ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल हुम्लाको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २७ र ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचाना अधिकारी भक्ति फडेराले जानकारी दिए । जिल्लाभर सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । ती मध्ये आठले कोरोना जितेर घर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

विहिबारदेखि हुने एसईई परीक्षाको तयारी पूरा, ५ लाख १६ हजार विद्यार्थी सहभागी हुँदै दाङमा कोदालोले हानेर परिवारबाटै एक पुरुषको हत्या मन्त्रालय बाँडफाडको गर्न सत्तारुढ दलको बैठक बस्दै जितगढीलाई सुन्दर बनाउने नाममा ऐतिहासिकता नै मेटिने डर (फोटो फिचर) निरिह उपभोक्ता, निर्लज्ज बजार र निकम्मा नियामक श्रवणदृष्टि विहिन अपाङ्गाता बारे सञ्चारकमीलार्ई अभिमुखीकरण चैत्र १७ गते राइड टु रानिमहल सिजन टु, तयारी अन्तिम चरणमा पर्यटन प्रवर्द्धनमा हाम्रो जोड मिटरव्याजलाई अपराध घोषणा गरेर कानूनमा सजायको व्यवस्था गर्ने सरकारको निर्णय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरू मोटरसाइकल दुर्घटना : श्रीमान–श्रीमतीको मृत्यु, छोरी घाइते सरकारमा सहभागी हुनेको नामावली पेस गर्न एकीकृत समाजवादीको कार्यदललाई निर्देशन नगरप्रमुख माथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार ‘धोके बाज हौ तिमी’ गीत प्रधानमन्त्री प्रचण्डकै लागि गाएजस्तो भयो : योगेश भट्टराई धरौटी बुझाएर छुटे प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा जेल परेका युवकहरू विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार ‘लालपुर्जा लिँदा लाग्ने शुल्क धेरै भयो, घटाउनुको विकल्प छैन्’ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु लागुऔषधसहित १० जना पक्राउ लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप