९ चैत्र २०७९, बिहीबार

Mar 23, 2023

बागलुङ । बागलुङको धौलागिरी अस्पतालामा कार्यरत रेडियोलोजिष्टले राजीनामा दिएपछि अस्पतालमा भिडियो रेक्सेरे सेवा प्रभापवत बनेको छ । अस्पतालका रेडियोलोजिस्ट अजय पोखरेलले राजीनामा दिएपछि भिडियो एक्सेरे सेवा प्रभावित बनेको मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।
प्राइभेट स्वास्थ्य संस्थामा पनि उनै पोखरेलले भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा सदरमुकामका सबै भिडियो एक्सरे सेवा प्रभावित हुने बिरामीहरुको गुनासो छ । धौलागिरी अस्पताल बागलुङमा दैनिक ५० देखि ६० जना भिडियो एक्सरे गर्नुपर्ने बिरामी उपचारको लागि आउँछन् ।
हप्ताको दुई दिन आइतबार र बुधबार त त्यो संख्या बढेर झण्डै सय पुग्छ । तर, पछिल्लो समय अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरु मर्कामा परेका छन् ।
धौलागिरी अस्पताल बागलुङमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट करारमा खटाइएका एक जना मात्र रेडियोलोजिस्टले भिडियो एक्सरे गर्दै आएका थिए । सिंगो अस्पतालमा रहेका एक जना मात्र रेडियोलोजिष्ट केही दिन बिदामा बस्दा मात्रै ठुलो समस्या सिर्जना हुन्थ्यो । तर, यतिबेला अस्पतालबाट बिदा मागेका उनले इमेल मार्फत राजीनामा पठाएपछि अस्पतालको सेवा प्रभावित मात्र होइन, थप अन्योलमा परेको छ ।
सामाजिक विकास मन्त्रालयबाट करारमा खटिएका रेडियोलोजिष्ट डा.अजय पोखरेलले वैशाख ९ र १० गतेको लागि भन्दै अस्पताल प्रशासनमा बिदा माग गर्दै निवेदन दिएका थिए । तर, वैशाख १२ गते सम्म अस्पतालमा उपस्थित नभएका उनले दुई हप्ता अगाडी इमेल मार्फत राजीनामा पत्र पठाएको धौलागिरी अस्पताल बागलुङका प्रमुख डा. शैलेन्द्र वि.क पोखरेलले बताए ।
कोरोना महामारीको बिचमा सिंगो अस्पतालको एक मात्र रेडियोलोजिष्ट नहुँदा दैनिक सयौ बिरामी प्रभावित बनेको भन्दै प्रदेश मन्त्रालयमा जानकारी गराए पनि तत्काल समस्या समधानको उपाय नदेखिएको डाक्टर पोखरेलको भनाई छ ।
इमेल मार्फत राजीनामा पठाएका रेडियोलोजिष्ट अजय पोखरेललाई अस्पतालमै आएर सल्लाह गरि राजीनामा दिन आग्रह गरेको भए पनि नआएको अस्पताल प्रशासन प्रमुख तारानाथ शर्माले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारको समर्थन आजै फिर्ता लिने तयारीमा माओवादी चलचित्रमा पात्रलाई पहिचान बनाएका विपिन तिलोत्तमामा एमालेको मिसन ग्रासरूट अभियान टोलटोलमा जारी गैँडाको आक्रमणबाट महिलाको मृत्यु जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि तिलोत्तमा नगरभित्र अनुमतिविना कुकुर पाल्न नपाइने, निकाल्यो ३५ दिने सूचना स्वास्थ्यजन्य फोहर व्यवस्थापन गरेर मासिक ४० हजार भारतीय गायक सोनु निगमको घरवाट ७२ लाख चोरी भाटभटेनीको २४ औं स्टोर विरगञ्जमा, बजार विस्तारमा थप आक्रामक डोल्पा अस्पतालको पीडाः सडक, पुल नहुँदा बाटोमै बिरामीको हैरानी सरकारमा जाने नजाने बारेमा निर्णय लिदैँ लोसपा वडा अध्यक्ष र सचिव घुससहित अख्तियारको फन्दामा स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने