ताजा अपडेट »

अक्सिजन अभियानका अभियान्ताहरुलाई साधुवाद्

शुक्रबार, ३१ बैशाख २०७८, १३ : ३१
8 Shares



कोरोना संक्रमणको भयावह स्थिति गुल्मीमा पनि आउन थालेपछि नेपाल पत्रकार महासंघ गुल्मीले बैशाख २५ गते आकस्मिक रुपमा छलफलमा जुट्यो र जिल्लाका अग्रज पत्रकार , सदरमुकामका केन्द्रिय अन्य पत्रकार र सञ्चारकर्मीहरु सहितको सर्वपक्षिय बैठक राख्यो । पहिलो कुरा त जिल्लाका पत्रकार ÷ सञ्चारकर्मी पनि असुरक्षित हुने चिन्ताप्रति हामी गम्भीर भयौं । अरुलाई सुरक्षित राख्न सन्देश प्रवाह गर्ने हामी आफंै असुरक्षित हुनुहुँदैन भन्ने कुरामा बैठकमा उपस्थित पत्रकारहरुले जोड दिए ।

त्यसपछि पत्रकार महासंघ कै भवनमा तत्काललाई ५ शैंयाको आइसोलेशन सञ्चालन गर्ने नियर्ण गरियो । हाम्रो यो निर्णयलाई साकार पार्ने स्वास्थ्यकर्मी हुनुहुन्छ तम्घास अस्पताल अगाडि रहेको शुभलक्ष्मी फर्माका म्यानेजिङ्ग डाइरेक्टर होम पल्ली । जसको योगदानलाई हामी कहिल्लै भुल्न सक्ने छैनौं । उहाँले दुई दिन मै अक्सिजन सहितको आइसोलेशन तयारी पारिदिनुभयो । स्वास्थ्यकर्मी खटाउने कार्यमा उहाँ , जिल्ला अस्पताल , रेसुङ्गा अस्पतालको पनि हामीले प्रतिबद्धता पाएका छौं । हाम्रो आग्रहमा यहाँस्थि नेपाली सेना, नेपाल प्रहरी र संशस्त्र प्रहरी बल सहित कोभिड १९ संकट ब्यवस्थापन समितिको पनि हामीलाई साथ र सहयोग रहने भएको छ ।

आइसोलेशन सञ्चालन गर्ने निर्णय गर्दै सोही दिन बैशाख २५ एउटा ह्ृदयविदारक घटनाको फोन आयो । इस्मा गाउँपालिका ५ बाट एक जना संक्रमित पुरुष अक्सिजनको अभावमा छट्पटाउँदै एकजना जिल्ला अस्पतालमा ल्याइएको थियो । जसले बेड र अक्सिजनको अभावमा एम्वुलेन्स मै छट्पटाउँदै ज्यान गुमाउनु परेको थियो । त्यसपछि बैठकमा सहभागि सबै जना स्तब्ध भयौं र अर्को निर्णय ग¥यौं । नेपाल महासंघले नै अक्सिजन अभियानको अगुवाई गर्ने भनेर । हामीले त्यो दृश्य मात्रै होइन । त्यस्ता कैयौं संक्रमितहरुले भोग्नु परेका ह्ृदयविदारक दृश्य पनि देखेका छौ ।हाम्रा नजरमा तिनै दृश्यहरु हरबखत घुमेका छन् । हामी यहाँ सदरमुकाममा छौं।हामीसंग काठमाण्डौबाट हेलिकप्टर मगाएर सुविधा सम्पन्न अस्पतालमा जाने पैसा पनि होला ।

तर,ती गाउँका दुखी गरिव , अझ श्रीमान वा दाजु भाई र छोरा छोरीहरु देश विदेशमा भएर तत्काल साहारा पाउन नसक्नेहरुले सदरमुकामसम्म आउने गाडी समेत नपाउने अवस्था छ । गाउँ गाउँबाट फोन आउछ हामीलाई उहाँहरुको रुवावासी सुन्दा हामीले आँशु थाम्न सक्दैनौं ।अक्सिजन अभाव देशैभरी छ । हाम्रो वलबुताले कति भ्याउन सक्छ हामी थप अक्सिजनको जोह गर्न जुटिरहेकै छौं । हाम्रो उद्देश्य यहि हो कि देश विदेशमा भएका गुल्मेलीहरुका यता घरका परिवारजनका कुनै सदस्यहरु संक्रमित भएर अक्सिजनको अभावमा छ्टपटाउन नपोरोस । सोही अनुरुप नेपाल पत्रकार महासंघले उपाध्यक्ष रेशम कुँवरको संयोजकत्वमा ५ सदस्यीय आईसोलेशन ब्यवस्थापन समिति गठन ग¥यो । जसमा सहसचिव तिलाचन पाण्डे , सदस्यहरु क्रमशः हुमाकान्त पोखरेल, सुमन महतरा र सन्तोष महतरा सदस्य रहेर ब्यवस्थापनमा अहोरात्र खट्दै आउनु भएको छ ।

अक्सिजन अभियान त सञ्चालन गर्ने तर कहाँ पाउने र रकमको जोह कसरी गर्ने ? यस बिषयमा विभिन्न श्रोत पहिचान गर्ने बिषयमा छलफल भयो । प्रदेश र संघीय सरकारको मुख ताक्नु आकाशको फल आखतरि मर भन्ने उखान सिद्ध भएको निचोड निकालियो । त्यसपछि नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालको संयोजकत्वमा ७ सदस्यीय श्रोत ब्यवस्थापन समिति गठन गरियो । समितिमा महासंघका सचिव प्रेम सुनार, कार्य समिति सदस्यहरु क्रमशः रमेश बिश्वकर्मा , डिबी खड्का , पत्रकार शिवलाल सुवेदी , मोहन बस्नेत र भुवन भुसाल सदस्य रहनुभयो। त्यसपछि सहयोगदातासँग समन्वय गर्न पूर्व अध्यक्ष जनार्दन घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समन्व्य समिति पनि गठन गरियो । जुन समितिमा निवर्तमान अध्यक्ष नवराज भुसाल , संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठ , पुर्व उपाध्यक्ष अनिल खत्री र पूर्व सचिव ताराप्रसाद भुसाल रहनुभयो । यी तीनवटै समितिका प्रत्येक ब्यक्ति उसैदिन साँझ देखि अक्सिजन अभियानमा खट्दै आउनु भएको छ ।

पैसा प्रशस्त भएर सहयोग गर्ने भन्ने कुरा होइन । यो बेला आफू पनि बाँच्ने अरुलाई पनि बचाउन सहयोग गर्ने बेला हो भन्ने उद्देश्य राखेर तम्घास हुलाक रोडका दृष्टिविहिन रवि खरेलले सहयोग संकलनको पहिलो खाता खोली दिनुभयो । त्यसपछि देश विदेशबाट सहयोग गर्छु , गर्छौ भन्ने सहयोगी मनहरुको फोन र म्यासेज रिप्लाई गरि नसाध्धे हुँदै आएको छ । बैशाख २५ गते साँझ देखि आज ३० गते साँझ सम्म १८ लाख ६५ हजार रुपैयाँ संकलन भएको हिसाब–कितावकर्ता समतिका सदस्य ताराप्रसाद भुसालले जानकारी दिनुभयो । अक्सिजन अभियानमा जोडिएका सबै अभियान्तहरुले समेत ब्यक्तिगत सहयोग गर्दै आउनु भएको छ । २० वटा अक्सिजन सिलिन्डर ५ लाखमा खरिद गरिएको छ र र थप सिलिन्डर मगाउनका लागि बिहीबार पनि समिति बीच छलफल भएको छ ।

देश विदेशमा रहनुभएका गुल्मेली मनहरु ब्यक्तिगत र संस्थागत रुपमा सहयोग संकलनमा अहोरात्र खट्नु भएको छ । गुल्मी जिल्ला समाज युके , गुल्मी सेवा समाज जापान सहित प्रवासमा संगठित सबै संघ संस्थाहरु ब्यक्ति–ब्यक्तीहरुले गुल्मीका पत्रकारहरुको अभियानलाई आफ्नै अभियान ठानेर सक्रिय भएको खबर प्राप्त भएको छ । यता जिल्लाका जनप्रतिनिधी, सरकारी कर्मचारी , संघ , संस्था , राजनैतिक दल , नागरिक समाज , शिक्षक , बुद्धिजिवी, ब्यापारी , ब्यवसायीहरु प्नि यस अभियानमा हातेमालो गर्नु भएको छ । जसरी हामीले विपदमा उद्धारका लागि वा कुनै बिकास योजना र कार्यक्रमका लागि विशुद्ध साझा संस्थाको परिकल्पना गर्ने गर्दथ्यो । त्यो यति बेला नेपाल पत्रकार महासघ गुल्मीले अगाडी सारेको अक्सिजन अभियानमा देखा परेको छ ।

यो अभियानमा जसरी नेपाल पत्रकार महासंघ गुल्मीलाई साझा संस्थाका रुपमा सबै सहयोगी मनहरुले सहर्ष स्वीकार गर्नुभएको छ । त्यसरी नै नेपाल पत्रकार महासंघका सबै पदाधिकारी, कार्य समिति सदस्यहरु र अग्रज पत्रकारहरु कसरी ति सहयोगी मनहरुलाई बिश्वस्त पार्न सकिन्छ भन्ने कुरामा चिन्तित छौं । हामीलाई थाह छ सहयोगी मनहरु म्नहरु प्नि कोरोनाको चपेटामा हुनुहुन्छ । कोही बिदेशमा कामविहिन भएर बस्नु भएको छ । कोही घर धान्नै मुस्कीलको अवस्थामा हुनुहुन्छ । त्यसका बाबजुद पनि सामाजिक उत्तरदायित्व वहन गर्न कत्ति कन्जुसाई गर्नु भएको छैन । सुरक्षा निकायमा रहनु भएका गुल्मेलीहरु कोरोना संक्रमण विरुद्ध अग्रमोर्चामा खट्नु भएको छ । तरपनि हाम्रो अभियानलाई साथ दिनु भएको छ ।

फेरी ‘पैसा प्रशस्त भए मात्र कोरोनाबाट बचिन्छ’ भन्ने कुरा पनि होइन रहेछ भन्ने कुरा प्रमाणित भई सकेको छ । कैयौं पैसावालाहरुले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । आखिर मरिलानु के रैछ र ? आज बाँचौं । भोलिको भर छैन । भोलि बाँचीहाले फेरी कमाउँला । बाँचुन्जेलसम्म बाँडेर खाउँ , मिलेर बसौं र हर विमारीको सहयोगमा जुटौं । अतः हाम्रो यस अभियानमा जुट्न छुट्नु भएका वा ढिला गर्नु भएका महानुभावहरुले आजैदेखि जुट्न हामी अपिल गर्दछौं । सक्रिय समस्त अभियान्तहरुलाई साधुवाद् टक्राउँदै जो जहाँ हुनुहुन्छ उहाँहरु कोरोनाबाट सुरक्षित रहनुहोस् भन्ने आग्रह र संक्रतिम हुनुहुनेहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना !!-(लेखक नेपाल पत्रकार महासंघ गुल्मीका सचिव हुन )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।