१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

काठमाडौँ । पूर्वअर्थमन्त्रीले वास्तविकताका आधारित भएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयलाई लिएर आज आयोजना गरेका छलफलमा उनिहरुले खर्च गर्न सक्ने र यथार्थतालाई सम्बोधन गर्ने खालको बजेट ल्याउन आग्रह गरे ।

Advertisement

यस्तै ठूला आयोजनामा बजेटको उचित प्रबन्ध गर्न तथा खर्च कटौतीलाई विशेष ध्यान दिन र कोरोनाका कारण प्रभावित उद्योग व्यवसायलाई राहत दिने गरी बजेटको विनियोजन गर्नुपर्नेमा पूर्वअर्थमन्त्रीहरुको जोड थियो । आकारका आधारमा ठूलो बजेटभन्दा पनि विशेषगरी धरातलीय यर्थाथतालाई सम्बोधन गर्न तथा लोकप्रियताको नाममा कार्यान्वयन नहुने खालका कार्यक्रम नराख्नसमेत उनिहरुले अर्थमन्त्रीको ध्यानाकर्षण गरे ।

राज्यकोषमा थप दायित्व थपिने खालका कार्यक्रम नल्याउन आग्रह गर्दै उनिहरुले कोरोना प्रभावित मुलुकको अर्थतन्त्रको खास अर्थमा सम्बोधन गर्ने कार्यक्रम समावेश गर्न अनुरोध गरे । समयमा नै बजेट आए पनि पूँजीगत खर्च हुन नसकेको अवस्थालाई मध्यनजर गरेर त्यसमा विशेष ध्यान दिन तथा आर्थिक पुनःरुत्थानका खास प्याकेज ल्याउन पूर्वअर्थमन्त्रीहरुले आग्रह गरेका थिए । छलफलमा पूर्वअर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, वर्षमान पुन र शङ्कर कोइरालाको सहभागिता थियो ।

छलफलमा अर्थमन्त्री पौडेलले आगामी आवको बजेटमा सरकारले समावेश गर्नुपर्ने विषयमा सुझाव दिन आग्रह गरेका थिए । सो अवसरमा अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गाना र अन्य वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा