१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

काठमाण्डौं । लुम्बिनी प्रदेशले चौँथो हाप्किडो राष्ट्रिय च्याम्पियनसीपको उपाधि जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा लुम्बिनीले सात स्वर्ण, आठ रजत र १२ कास्य पदक प्राप्त गर्दै च्याम्पियन बनेको हो । यस्तै प्रतियोगितामा सात स्वर्ण, सात रजत र ११ कास्य पदकसहित वाग्मती प्रदेश दोस्रो तथा पाँच स्वर्ण र दुई कास्यसहित गण्डकी प्रदेश तेस्रो भएको छ । पुरुषतर्फ लुम्बिनीका गोपाल विक तथा महिलातर्फ गण्डकीकी मोनालीसा मल्ल उत्कृष्ट खेलाडी घोषित हुनुभयो । बुद्ध राई प्रतियोगिताको उत्कृष्ट रेफ्री छानिए ।

प्रदेश नं २ विजयाकुमारी वाइवा उत्कृष्ट प्रशिक्षक हुनुभएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट रेफ्रीले जनही रु पाँच हजार पुरस्कार प्राप्त गर्नुभयो । नयाँ वर्ष २०७८ को अवसरमा नेपाल मार्शल आर्टस् हाप्किडो सङ्घको आयोजनामा भएको चार दिने उक्त प्रतियोगितामा सातै प्रदेशका ७०० भन्दा बढी खेलाडीको सहभागिता रहेको मुख्य प्रशिक्षक सुस्मिता गुरुङले जानकारी दिए ।

समापन समारोहमा प्रतियोगिताका विजयी टोली तथा खेलाडीलाई खानेपानी मन्त्री मणिचन्द्र थापा, राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष नैनाकला थापा, नेपाल मार्शल आर्टस् हाप्किडो सङ्घ एवं दक्षिण एशियाली हाप्किडो महासङ्घका अध्यक्ष कालीबहादुर घर्तीमगर, गण्डकी प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार गोविन्द नेपाली, गण्डकी प्रदेश खेलकूद परिषद्का कार्यकारी सदस्य तारामाया थापालगायतले पुरस्कार प्रदान गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु