६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

Advertisement

बुटवल । कोरोना संक्रमण दर २१.५५ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयले आगामी नौ हप्ता अर्थात् ६३ दिन निकै कठिन हुने बताएको छ । स्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरिए ६३ दिनपछि भने संक्रमण क्रमशः घट्दै जाने मन्त्रालयको भनाइ छ ।

पछिल्लो २४ घन्टामा देशभर आठ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा एक हजार सात सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको २१ दशमलब ५५ प्रतिशत हो । यस अवधिमा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।

‘विश्वभरको तथ्यांक र विगतमा नेपालमा देखिएका केसलाई अध्ययन गर्दा ९८ दिनसम्म संक्रमण उच्च बिन्दुमा पुग्ने अनुमान गरेका छौँ,’ मंगलबार पत्रकारहरूसँगको छलफलमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने, ‘जटिल अवस्थाका ३५ दिन पार गरिसकेका छौँ । अब हाम्रा लागि नौ हप्ता अर्थात् ६३ दिन ज्यादै कठिन छ । जोखिम कति उठाउने भन्ने आमनागरिककै हातमा छ ।’अर्यालका अनुसार स्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरे छोटो समयमा दोस्रो वेभबाट छुटकारा पाउन सकिनेछ । ‘तर, कोरोना केही होइन भन्ने भ्रम पालेर जनस्वास्थ्यका मापदण्ड पालना नगरे अवस्था सोचेभन्दा फरक भएर जान्छ,’ उनले भने ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने विगतमा देश र जनताले ठूलो क्षति व्यहोर्नुपरेकोले यसपटक सकभर लकडाउन नगर्ने बताए । ‘कोरोनाको पहिलो वेभ पार गरे पनि दोस्रो वेभको गम्भीर मोडमा हामी पुगेका छौँ । स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डको पूर्ण पालना होस्, सरकार कदापि लकडाउन गर्ने पक्षमा छैन ।’ तर, त्यस्तो अवस्था आउन दिने कि नदिने जिम्मा नागरिकमै भएको उनको भनाइ छ ।

मास्कको मात्रै प्रयोग गरेको खण्डमा पनि केस बढ्नबाट रोक्न सकिने स्वास्थ्यका अधिकारीहरूले बताएका छन् । ‘दोस्रो भेरियन्टले युवा र बालबालिकालाई बढी संक्रमित बनाएको छ । यसलाई परास्त गर्ने एक मात्रै विकल्प भनेको जनस्वास्थ्यका मापदण्डको पूर्णरूपमा पालना मात्रै हो,’ उनीहरूको भनाइ छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार युके भेरियन्ट समुदाय स्तरमा फैलिएकाले अहिलेकै अवस्था अर्थात् स्वास्थ्य मापदण्ड पालना नगरिए असार मसान्तसम्म संक्रमितको संख्या ६ लाख पुग्छ । नयाँ भेरियन्ट पनि फैलिँदै गएमा उक्त संख्या अझै बढी हुने उनको भनाइ छ । अघिल्लोपटक एक संक्रमितले थप दुईजनालाई संक्रमित गराएको थियो, तर अहिले चारजनालाई संक्रमित गराइरहेको महाशाखाले जनाएको छ ।यो खबर आजको नयापत्रीका दैनिकमा छापिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार