१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

प्युनको स्वर्गद्वारी घटना

गुल्मी । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्यूठान दुर्घटनामा परेका डि.बी. (डिलबहादुर) थापाको करङ भाँचिएको छ । स्वर्गद्वरीमा भएको सवारी दुर्घटनामा घाडीसँगै भिरमा खसेका उनी भाग्यले गाडीभन्दा केही तल रहेको झाडीमा अड्किएर बच्न सफल भए । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत उनी मुसिकोट नगरपालिका-६ कुर्घा हुन् । त्यस दिनको घटना बारे बताउँदै उनले थोत्रो सवारी साधानका कारण दुर्घटनामा परेको दाबी गरे । ‘यात्राको क्रममा बाटोमा तीन चार ठाउँ बिग्रेर बनाउँदै मुस्किलले स्वर्गद्वारीको प्रवेश द्वारसम्म पुग्यौं । गाडीको कन्डिसन ठिक थिएन ।’-घटना अघिको विवरण सुनाउँदै उनले भने ‘माथि यो गाडी लिएर नजाऊ भनेर एकथरीले भनेका पनि हौं । ड्राइभरले जान्छ भनेपछि उकालो लाग्यौं ।’

Advertisement

गाडीको कण्डीशन ठिक नभएपछि उक्त सवारीमा जाने वा नजाने विषयमा समेत आफूहरु बीच कुरा भएको उनले बताए । ‘स्वर्गद्वारीको २ सय मिटर नजिकै पुग्दा बसलाई ओभरट्याक गर्ने क्रममा इन्जिन वा खै के पड्केको आवाज आयो त्यसपछि गाडी खस्यों ।’-घाइते थापाले त्यस दिनको घटनाले अझै पनि डर नपखालिएको आभास दिलाउने गरी भने ।

सोही घटनामा परी ज्यान बचाउन सफल गुल्मीको अर्खले निवासी सुनिता कंडेलले पनि गाडीको कंण्डिशनलाई दोष दिइन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सुनिता आफू मात्रै होइन ६ वर्षिय छोरालाई समेत बचाउन सफल भइन् । घटना बारे बताउँदै उनले भन्छिन् ‘माथी बसका टन्नै मान्छेले बाटोमा उभिएर हेरेका थिए । तलबाट हामीले चिच्चाएर गुहार माग्दा पनि गुहार दिन कोहि आएनन् ।’ नयाँ वर्ष मनाउन सँगै गएका साथीहरुलाई गुमाएर फर्केकी उनले त्यस दिनको घटना बारे बताउँदै उनिन् ‘सूर्य सर (सुर्य पन्थी)को नाक र मुखबाट रगत आएको थियो । सास मात्रै हुँदो हो । गाडीमा च्यापिनु भएका इश्वरी सर (भण्डारी) लौन मलाई बचाउ–बचाउ भनेर धेरै बेरसम्म गुहार माग्नु भएको थियो । उहाँलाई बचाउन सकिन ।’ जिल्ला प्रशासन जस्तो सरकारी निकायलाई थोत्रा गाडी मिलाइ दिने र मिलाउने प्रशासन कै केही कर्माचारी प्रती उनले घम्भिर आरोप समेत लगाएकी छन् ।

‘यस अघि कृष्ण सर (कृष्ण पन्थी सोही प्रशासनका कर्मचारी) ले राष्ट्रिय परिचय पत्र बनाउन हिड्दा पनि त्यस्तै थोत्रा गाडी मिलाएर हिँडाल्नु भयो, यो कुरा भरत सिडियो साव (तत्कालिन सिडिओ भरतकुमार शर्मा) कहाँ पनि पुगेको हो । मैले यस्ता थोत्रा गाडी नमिलाउनुस भनेर भन्दा उल्टै मसँग रिसाउनु हुन्छ । आखिर तिनै थोत्रा गाडीका कारण हामीले त्यति धेरै सरहरुलाई गुमायौ । यति धेरै अङ्गभङ्गमा पर्यौ।’–उनले गुनासो गरिन् । उनले पनि बाटोमा चार–पाच ठाउँ गाडी बिग्रेर बनाउदै अगाडि बढेको बताइन् ।

गडीवालासँग प्रशासन कै केही कर्मचारिहरुको मिलोमोतोले थोत्रा गाडीहरुले संरक्षण पाएका हुन ? भन्ने प्रश्नमा उनले भनिन् ‘मलाई मात्र सोद्धा नपत्याउलान अरुलाई पनि सोध्नुस् सबै कुरा भन्छ्न । ‘बाटोमा गीत कविता चुड्किला हालेर अगाडि बस्नु भएका श्याम सर ( प्रशासकीय अधिकृत न्यौपाने ) ले खुब रमाइलो गराउनु भयो । दोहोरी पनि गाउनुभयो । गित गाउँदै इश्वरी सर त ( भन्डारी ) सर त जिप भित्रै खुब नाच्नु भयो त्यही दृश्य मानसपटलमा घुमेको छ ।’ भक्काँनिदै भन्दा कंडेलको गला अबरुद्ध भयो ।

प्रशासनका कर्मचारी कृष्ण पन्थीको प्रतिक्रिया माग्दा आफूले गाडी मिलाइदिएको कुरा निराधार भएको बताए । उनले भने ‘पहिला मलाई स्कारपियो खोजी दिनुस् भनियो र मैले हिमाल दाई ( कुँवर ) लाई फोन गरेर सोधे । उनले छैन भने पछि डोर बहादुर दाई (गुल्मी यातायात ब्यवसायी संघका ब्यबस्थापक ) लाई सोधेँ। उहाँले पनि स्कारपियो छैन भन्नू भयो । पहिला ९ जना जाने भने पछि स्कारपियो खोजिएको थियो । कुरा गर्दै जाँदा घुम्न जाने मान्छे बढे । त्यही बेलामा आफ्नो कामले महेश राज भन्डारी प्रशासनमा आउनु भएको थियो । उहाँले नै श्याम सर सहित घुम्न जानेहरु सङ्ग जिप खोज्ने काम गर्नु भएको हो । म नजाने मान्छेलाई केही थाह भएन ।

गुल्मी यातायात ब्यवसायी सङ्ग्का सचिव समेत रहेका महेश राजभण्डारीले पनि अरु कसैले नभनेर आफू प्रशासन गएको बेला घुम्न जाने कर्मचारीले जिप खोज्न भनेको बताए । ‘भाडा समेत फिक्स भएको थिएन तेल राखी दिनुस् फर्केपछि हिसाव गरांैला भनेको हँु ।’ उनले भने,गाडी थोत्रो भएर होइन बसलाई ओभरट्याक गर्न खोज्दा दुर्घटना भएको पाइयो । उनले त्यस दुर्घटनाका चालक २१ दिन अघि देखि मात्र त्यो जिप चलाउन थालेको बताए ।

त्यस अघि एकवर्ष सम्म जिप चलाउने गरेको र त्यस भन्दा अघि बसको सहचालक रहेको उनको भनाई छ । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको प्रतिकृया माग्दा शर्माले गाडीको अवस्था बारे तुरुन्तै यातायात ब्यसायीहरुलाई बोलाएर बुझ्ने काम भैरहेको बताइन् । ‘प्रशासनले थोत्रा गाडी संरक्षण गर्यो भन्ने आरोप निराधार हो ।’ शर्माले भनिन, कदापी प्रशासले त्यसो गर्न सक्दैन।’ बरु कन्डिशन राम्रो नभएका गाडी र दक्ष र अर्धदक्ष ड्राइभरको पहिचान गरि कडाई गरिने उनको भनाइ छ । प्रशासनका एक कर्माचारिका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी शर्माले यातायात ब्यसायीलाई गम्भिर रुपले स्पष्टिरण लिएकी छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

४१ वर्षीया सारदाको शंकास्पद मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा रुपन्देही कञ्चनमा जारी १८ महापुराण तथा ज्ञान महायज्ञमा भक्तजनहरुको उल्लेखनीय सहभागिता जतिसुकै गठबन्धन होस एमाले बाघको डमरु हो, सिनो खाने स्यालको बच्चा होइन : ओली सुरक्षित, अनुशासित र मर्यादित रुपमा गन्तव्यमा पुराउने ४० सवारी चालकलाई बुटवलमा सम्मान अर्जै गुल्मी-रुपन्देही सम्पर्क समाजद्वारा बुटवलमा रक्तदान सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु