१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । बुटवल उपमहानगरपालिकाले कोभिड-१९ का कारण गतवर्ष कार्यान्वयन हुन नसकेका योजनाहरूलाई सम्पन्न गर्न पुनः म्याद थप गरेको छ । गत वर्ष कार्यान्वयनमा नआएका योजनाहरूका लागि गएको चैत्र महिना अन्तिम मिति तोकेको उपमहानगरले पुनः १५ दिन म्याद थप गरेको हो ।

Advertisement

फागुन मसान्तसम्म सबै योजनाहरूको सम्झौता गरी कार्यान्वयनमा जाने लक्ष्य लिएको बुटवल उपमहानगरले एक महिना थप गरी चैत्र मसान्तसम्म सबै योजनाहरूको सम्झौता गर्नेगरी समय सीमा परिवर्तन गरेको थियो । उपमहानगरले यहीबैशाखको १५ गतेसम्म गत आर्थिक वर्ष २०७६/७७ मा स्थगित भएका योजनाहरूलाई यसै आर्थिक वर्षमा सक्नेगरी पुनः म्याद थप गरेको हो । कोभिडका कारण यस वर्ष पनि सबै योजनाहरू कार्यान्वयन हुनेमा संका उत्पन्न भएको छ ।

गत आर्थिक वर्षका योजनाहरु २ सय ८९ बाँकी रहेकोमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म आईपुग्दा २ सय ४८ योजना पूरा गरिसकेको महानगरले जनाएको छ । उपमहानगरले चालु आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएका ४ सय ७ योजना मध्ये २५ योजना मात्रै सम्पन्न भएको बुटवल उपमहानगरपालिकाले गर्ने नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । चालु आर्थिक वर्षका लागि गतवर्ष सहितका ८ सय १४ योजना स्वीकृत भएका थिए । यी मध्ये ६ सय ९६ योजना कार्यान्वयनमा गएका थिए ।

यसैबीच बुटवल उपमहानगरपालिकाले चैत मसान्तसम्ममा ३६ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । बुटवल उपमहानगरपालिकाले गर्ने नियमित पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षमा ३६.२४ प्रतिशत मात्रै खर्च भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । उनले चालु खर्च ४४.८१ प्रतिशत र वित्तीय खर्च ४२.६६ प्रतिशत खर्च भएको बताए । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा अनुमानित आएको ७०.४५ प्रतिशत आम्दानी गरेको उपमहानगरले जनाएको छ। 

२ अर्ब २० करोड ३४ लाख अनुमानित आम्दानी लक्ष्य राखेको उपमहानगरले १ अबै ६२ करोड १४ लाख आम्दानी गरिसकेको जनाएको छ । संघीय सरकारबाट अनुमानितको ५३.६३ प्रतिशत, प्रदेश सरकारबाट ८०.९८ प्रतिशत, राजस्व बाँडफाँडबाट ७४.८१ प्रतिशत, आन्तरिक श्रोत ऋण समेत गर्दा ७०.६२ प्रतिशत आम्दानी गरेको जनाईएको हो । साथै उपमहानगरले कक्षा ५ सम्मका बालबालिकालाई प्रदान गरिने दीवा खाजा वापतको फागुन महिनासम्मको रकम निकासा गरेको जनाएको छ । साथै सिंगो बुटवल, एक विद्यालयको अवधारणलाई कार्यान्वयन गराउनको लागि कार्ययोजनाको प्रारम्भिक मस्यौदा तयार गरी अन्तिम छलफल भईरहेको उपमहानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै