६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल ।  बुधबारबाट रुपन्देहीको भैरहवामा स्टडील्याण्ड टी-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । मेलबर्न क्रिकेट एण्ड स्पोर्ट्स क्लब (एमसीसी) को आयोजनामा टी-१० फर्मेटमा नेपालमै पहिलोपल्ट प्रतियोगिता हुन लागेको हो ।

Advertisement

आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी भारतसहित रूपन्देही र नवलपरासीका क्रिकेट टिमको प्रतियोगितामा सहभागिता रहेको जनाएको छ । अन्तरदेशीय क्रिकेटले दुई देशको सम्बन्ध थप प्रगाढ हुनुका साथै क्रिकेटको पनि विकास हुने भएकाले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक रोशनलाल गुप्ताले बताए ।

नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले पछिल्लो समय छोटो समयका खेलहरूप्रति आकर्षण बढेकाले पहिलोपल्ट टी-१० प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगितामा भारतको गोरखपुर र महाराजगंजका दुई टिम तथा नवलपरासीको एउटा टीमसहित १६ टिम सहभागी छन् ।

प्रतियोगितामा विजेता टिमलले नगर ५० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २५ हजार र ट्रफी प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरीजले १० हजार, बेष्ट ब्याट्सम्यान र बेष्ट बलरले समान ५/५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी बेष्ट क्याच र बेष्ट सिक्सेसले दुई हजार ५ सय रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । वैशाख १८ गतेसम्म चल्ने प्रतियोगिता सिद्धार्थ रंगशालामा हुनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार