१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बुटवल । अटो व्यवसायका क्षेत्रमा काम गर्ने कामदार र प्राविधिकहरू आधुनिक प्रविधि अनुसार काम जान्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

Advertisement


बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको आयोजनामा नवरत्न टेक्निकल इन्स्टिच्युट प्रा.लि. काठमाण्डौको सहकार्यमा आयोजित ६५ दिने अटो मोबाइल तालीम उद्घाटनका अवसरमा बोल्ने वक्ताले उक्त कुरा व्यक्त गरेका हुन । उनीहरूले यस्तो तालिमको सीपलाई व्यवहारमा ल्याउन सके राम्रो आय आर्जनका लागि पनि उपयोगी हुने पनि बताए ।

तालिमका प्रमुख अतिथि  नेपाल अटो मेकानिक्स व्यावसायिक महासघंका अध्यक्ष जनार्दन गैरेले आधुनिक प्रविधि अनुसार काम गर्न पर्ने भएकोले यस्ता तालिमले निकै महत्व राख्ने बताए।संस्थाका अध्यक्ष बाबुलाल पाण्डेले अटो व्यवसायी गाडीहरूको डाक्टर भएकोले यो व्यवहारिक ज्ञान सहितको तालिम निकै महत्वपूर्ण रहेको बताए ।


नवरत्न टेक्निकल इन्स्टिच्युटका प्रबन्ध निर्देशक बिक्रम पाण्डे ले यो तालिम व्यवहारिक ज्ञान हासिल गर्ने तरिकाले प्रदान गरिने हुदा अन्य तालिमभन्दा फरक रहेको जानकारी दिए । कार्यक्रममा  संस्थाका महासचिव तुल्सिराम न्यौपाने, सघका केन्द्रिय सचिव ज्योति भण्डारी , प्रेस सल्लाह दामोदर खनाल तालिम संयोजक चिन्तामणि खनाल लगायतले बोल्दै समयको चुनौती सामना गर्दै नयाँ प्रविधि सग जुध्न सहयोगी हुने बताए ।६५ दिने  यो अटो मोवाईल तालिममा ४० जना अटोमेकानिक्सहरूको सहभागिता रहेको छ ।तालिम प्रशिक्षक राधाकृष्ण देउला रहेका छन्।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै