ताजा अपडेट »

केहरसिंह प्यासीको मधेशमा मैना

मंगलबार, ०७ बैशाख २०७८, १५ : ५८
16 Shares

बुटवल । गायक केहरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा अहिलेका चर्चित अभिनेता तथा मोडल पल शाह र अन्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।गीतका सम्पुर्ण दृश्यको छायांकन ललितपुर क्षेत्रमा छायांकन गरिएको हो ।


यो गीतमा पछिल्लो समयकी चर्चित गायीका समिक्षा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । दर्जनौ गीतमा स्वर दिइसकेकी समिक्षासँग पछिल्लो समयका लोकप्रिय गायक केहर सिंहको आवाज रहेको गीतले छोटो समयमै धेरैको ध्यान तान्न सफल भएको छ ।


यो गीत रविन लामिछानेले लेखेका हुन् । स्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको लय र म्युजिक भने ऋषि खड्काले तयार पारेका हुन् । सार्वजनिक गीतलाई छोटो समयमै धेरैले मन पराएका छन् । मौसम हिमालीको निर्देशनमा तयार भएको गीत झण्डै १० मिनेटको बनेको छ । गीतलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=gKICwK3psok
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।