८ चैत्र २०७९, बुधबार

Mar 22, 2023

तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।

Advertisement

बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् बिस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए । विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिराका कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् बिस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।

जिल्लाको देवघाट र ऋषिङगाउँपालिका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, “देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।”उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ । देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको बिस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जनाएको छ।

तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रु ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । व्यासनगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । उक्त क्षेत्रमा विद्युत् बिस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, “अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ।”

प्रतिकृया दिनुहोस्

Flash News

स्विफ्ट एजुकेशनद्वारा ‘करियर परामर्श’ सम्पन्न सुदूरपश्चिम-११ थ्री स्टारलाई हराउँदै तिलोत्तमा गोल्ड कपको फाइनलमा दुई उद्योगमाथि मुद्दा दायर, नौ सय ७३ व्यावसायिक फर्मलाई कारबाही वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन : प्रधानमन्त्री प्रचण्ड बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो वैदेशिक रोजगार विभागका नासु प्रमोद पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर २४ चैतमा बहाव, सुरक्षा भन्छिन्- दुई महिना सुगासँग समय बिताएँ लुम्बिनीमा ‘पिस म्याराथन’ हुने बाग्मतीका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिने रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव सेयर बजार १५.६७ अंकले ओरालो तिलोत्तमा नगरभित्र गुट्खाजन्य पदार्थ विक्रि गरे ५० हजारसम्म जरिवाना ! ओडिआईमा नेपालको सुधार, एक स्थानमाथि उक्लियो लागुऔषधसहित ९ जना पक्राउ राजनीतिक दलहरूकाे खिचातानीले विद्यालय प्रधानाध्यापकविहीन राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन अयोग्य लडाकुका नाममा फेरि रकम वितरण गर्ने सरकारकाे निर्णय अराजकताको पराकाष्ठा : राप्रपा भीम रावलको प्रश्न: जनताको मुख थुन्ने कु–बुद्धी कस्ले सिकायो ? शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’