१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार विहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय गोविन्द प्रसाद पाण्डे केही बेर अघि मात्र कारागार प्रमुखको कार्यकक्षको पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

कारागार प्रमुख भेषराज पन्थका अनुसार उनको घर जिल्लाको रेसुङ्गा नगरपालिका १० सिमिचौर हो । उनी २०६३ साल देखि कारागारमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए । बिहान ८र९ बजेको बिचसम्म बगैंचामा सिचाइ गर्दै थिए । तर १० बजे पछाडी नाइलेनको डोरीमा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यस अघि कारगार भित्रका प्रहरी पोस्टहरुमा प्रहरीहरुसंग भलाकुसारी गर्न पुगेका थिए । उनको घरमा श्रीमती, १ छोरा र २ छोरी रहेको बताएको छ । हिजो साझ पनि उनी कारागार भित्रै थिए । परिवारका सदस्यहरुलाई बोलाइएको र घटनाको अनुसन्धान भैरहेको डिएसपी पाण्डेले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज