ताजा अपडेट »

नौ हजार निजी आवास पुनर्निर्माण

मंगलबार, ०७ बैशाख २०७८, ११ : ०७
2 Shares

लमजुङ। गोरखा भूकम्प गएको ७ वर्ष पुग्नै लाग्दा यहाँ हालसम्म नौ हजार ९६ जनाले निजी आवास पुनर्निर्माण कार्य सम्पन्न गरेको छ । विसं २०७२ वैशाख १२ को भूकम्पले लमजुङमा १४ हजार ६४९ जनाको निजी आवास पूर्ण क्षति पुरयाएकामध्ये उक्त सङ्ख्यामा भूकम्पपीडितको निजी आवास (घर) पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार- लमजुङले जनाएको छ ।

जिल्लामा रहेको कूल लाभग्राहीमध्ये १४ हजार ४० जनाले पहिलो किस्ता लिएका छन् । त्यस्तै, ११ हजार ७४९ जनाले दोस्रो किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार- कार्यालय लमजुङका प्रमुख सूर्यप्रसाद शर्माले बताए । पहाडी जिल्ला लमजुङमा रहेको चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेका छन् । यीमध्ये कूल लाभग्राही एक हजार ३८६ जना रहेको बेँसीशहर नगरपालिकामा एक हजार ३३७ जनाले पहिलो किस्ता लिएका छन् । त्यस्तै, एक हजार २० जनाले दोस्रो किस्ता तथा ८५० जनाले अन्तिम तथा तेस्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको छ ।

त्यस्तै दोर्दी गाउँपालिकामा कूल लाभग्राही दुई हजार २८० मध्ये दुई हजार २५६ जनाले पहिलो किस्ता लिएका छन्, भने एक हजार ८८० जनाले दोस्रो किस्ता लिएका छन् । सोमध्ये अन्तिम तथा तेस्रो किस्ता एक हजार ४७७ जनाले लिएका छन् । दूधपोखरी गाउँपालिकामा कूल लाभग्राही दुई हजार ४६८ जना रहेकामध्ये दुई हजार ३९२ जनाले पहिलो किस्ता लिएका छन् ।

यसैगरी दुई हजार २०६ जनाले दोस्रो तथा एक हजार ५६४ जना भूकम्पपीडितले अन्तिम तथा तेस्रो किस्ता बुझेका छन् । क्व्होलासोथर गाउँपालिकामा कूल लाभग्राही ३४६ जना रहेकामा ३१४ जनाले पहिलो किस्ता लिएका छन् भने २०८ जनाले दोस्रो किस्ता र १५४ जनाले तेस्रो किस्ता लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङको तथ्याङ्कमा उल्लेख छ । मध्यनेपाल नगरपालिकामा एक हजार ५९९ जना कूल लाभग्राहीमध्ये एक हजार ५२८ जनाले पहिलो किस्ता लिएका छन् । एक हजार १६० जनाले दोस्रो किस्ता र ९०७ जनाले अन्तिम किस्ता लिएका छन् ।

मस्र्याङ्दी गाउँपालिकामा ९५४ जना कूल लाभग्राही रहेकामा ९१९ जनाले पहिलो किस्ता, ८०५ जनाले दोस्रो किस्ता र ६८१ जनाले अन्तिम किस्ता बुझेका छन् । राइनास नगरपालिकामा तीन हजार १५४ जना कूल लाभग्राहीमध्ये तीन हजार जनाले पहिलो किस्ता, दुई हजार ५७९ जनाले दोस्रो र दुई हजार ६९ जनाले अन्तिम तथा तेस्रो किस्ता बुझेका छन् ।त्यस्तै सुन्दरबजार नगरपालिकामा दुई हजार ४६२ जना कूल लाभग्राहीमध्ये दुई हजार २९४ जनाले पहिलो किस्ता बुझेका छन् । एक हजार ८९१ जनाले दोस्रो किस्ता र एक हजार ३९४ जना भूकम्पपीडितले अन्तिम तथा तेस्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङले जनाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यालयका अनुसार प्रबलीकरणतर्फ जिल्लामा ८९४ मध्ये ८७ जनाले पहिलो किस्ता र दुई जनाले दोस्रो तथा अन्तिम किस्ता लिएका छन् । पहिलो किस्ताबापतको रु ५० हजार लिएर घर नबनाएका भूकम्पपीडितहरुमध्ये २२ जनाले रु ५०(५० हजार रकम फिर्ता गरेको उक्त कार्यालयले जनाएको छ । जोखिमयुक्त बस्तीका लाभग्राही ६८ र उक्त सङ्ख्यामध्ये ३० जनाले जग्गा खरीद गरिसकेको बताइएको छ । त्यस्तै, भूमिहीन लाभग्राही २० रहेकामा आठ जनाले जग्गा खरीद गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ ९अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार लमजुङका प्रमुख शर्माले बताए ।

लमजुङ जिल्लामा २०७३ साल पुस १ गतेदेखि लाभग्राहीको अभिलेख व्यवस्थापनको काम साबिक जिल्ला विकास समितिले गर्दै आएको थियो । पछि २०७४ साल मङ्सिर ११ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय स्थापना भई २०७४ पुस १ गतेदेखि स्थानीय तहमा प्राविधिक परिचालन गरिएको एवं निजी आवासको अनुदान वितरण गर्ने गरी २०७५ जेठ १ गतेदेखि हालको जिल्ला आयोजना कार्यान्वयन एकाइको स्थापना भएको थियो ।

रासस
लेखकको बारेमा
रासस