६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

उनको माइती गाउँ पाल्पा रुप्सेको सपाङ्दी हो । राष्ट्रिय पञ्चायतका पूर्व सदस्य हरिबहादुर थापाको गाउँका रुपमा सपाङ्दीलाई चिनिन्छ । यो गाउँ अहिले माथागढी गाउँपालिकामा पर्दछ । १५ वर्षकै किशोर उमेरमा उनले दिव्यज्योति मावि कसेनीबाट २०४९ सालमा प्रवेशिका परीक्षामा उत्तीर्ण गरिन् । केही समय उनले दमकडा गाउँमा रहेको रिभरभ्याली आवासीय स्कूलमा शिक्षक भएर पढाइन् ।

Advertisement

This image has an empty alt attribute; its file name is 175701145_188434689762095_5110615518533592259_n.jpg

हुन त उनको विहे १४ वर्षकै कलिलो उमेरमै भएको थियो । परिवारकी माइली छोरी उनले कक्षा पाँच कक्षासम्म लाहुरे बाबासँगै रहँदा काठमाडौंमा पढिन् । कक्षा ६ र ७ सम्म गाउँकै कर्णधार आधारभूत विद्यालयमा अध्ययन गरेकी थिइन् । पढाईमा अति नै तीक्ष्ण उनी विहेपछि आफ्नो पढाईलाई निरन्तरता दिन सकिनन् । विहेपछि उनी २०५३ सालमा नवलपरासीको चिसापानी झरिन् । घरव्यवहार सम्हालिन् । सामाजिक सेवामा लागिन् । राजनीतिमा सक्रियता देखाइन् । छोराछोरी जन्माइन् । उनीहरुकै स्याहार सुसार गरिन् । शिक्षादीक्षा दिइन् । छोरीले स्नातक पढ्दै छिन् भने छोरोले स्नातक पढ्न थालेका छन् । २०७४ सालमा जीवनसाथीले छाडेर गएपछि उनले पीडावोध गरिन् । तैपनि उनले शोकलाई शक्तिमा बदल्दै आफूलाई समाज र नागरिकको सेवामा नै समर्पित गदैछिन् ।

This image has an empty alt attribute; its file name is 3-5-1024x473.jpg

देशभर स्थानीय तहमा ६ हजार ६ सय ८० वडाहरु छन् । त्यसमध्ये जम्मा ६२ जना महिलाहरु वडाध्यक्षका रुपमा कार्यरत छन् । त्यहीमध्येकी एक वडाध्यक्ष हुन् उनी । उनी अहिले बर्दघाट नगरपालिका वडा नं.२ का वडाध्यक्ष हुन् । आफू वडाध्यक्ष भएपछि आफ्नो वडाको विकास निर्माण र गतिशीलताका निम्ति निरन्तर क्रियाशील छिन् । भोक निद्रा र घरपरिवारलाई दिइने समय नि कट्टा गरी सदैव आफ्नो वडाको उन्नति र प्रगतिका निम्ति खटिएकी छन् । हृदयघात भएर गुमाएका आफ्ना श्रीमानलाई स्मृतिमा राखेर हरपल नागरिकका घरदैलामा पुगेर सुख, दुःखमा साथ दिएकी छन् ।

This image has an empty alt attribute; its file name is 4-7-1024x602.jpg

उनी भन्दैथिइन्–हामी वडामा जनप्रतिनिधिका रुपमा आइसकेपछि सक्दो विकास निर्माणलाई अघि बढाईरहेका छौं । विद्यालयहरुमा भौतिक निर्माण गर्ने, शिक्षामा सबैको पहुँच पुराउने कामलाई प्राथमिकता दिने, प्ले ग्रुपका विद्यार्थी र कक्षा व्यवस्थापनमा जोड दिने, पहुँच नपुगेको स्थानमा ट्रयाक खोलेर बाटो पुराउने, पहाडी क्षेत्रहरुमा पर्यटन प्रवद्र्धनका लागि काम गर्दै आएका छौं । वडाका सबै टोलबस्तीहरुमा विद्युतीकरण गर्दैछौं ।

त्यसैगरी खानेपानीका लागि जग्गा खरिद गरी भवन निर्माण कार्यसम्पन्न भएको छ । काठका बिजुली पोलहरु हटाइएका छन् । टोलबस्ती सरसफाइ कार्यक्रमले गाउँबस्तीहरुलाई सुन्दर बनाउने अभियानको थालनी गरेको छ । किसानहरुलाई उन्नत खेतीकिसानीका लागि आधुनिक कृषि औजारहरु बितरण भएका छन् । उत्कृष्ट किसानहरुलाई कृषिमा अनुदान दिने कामलाई निरन्तरता दिएको छ । सिचाई गर्न गुमेका कुलाहरुलाई वडाले आफ्नो स्वामित्वमा ल्याएको वडाध्यक्षले बताइन् । कच्ची बाटाहरुलाई स्तरोन्नति गर्ने काम भएका छन् । अनलाइनमार्फत घटना दर्ता गर्ने नगरकै पहिलो वडाको रुपमा आफ्नो वडालाई परिचय गराउन पाउँदा उनले खुसी ब्यक्त गरिन् ।

This image has an empty alt attribute; its file name is 5-5-1024x600.jpg

नगर प्रोफाईल अनुसार उनको वडामा करिव ६ हजार जनसंख्या रहेको छ भने एक हजार तीन सय १० घरधूरी रहेका छन् । विविध कार्यक्रमहरु सञ्चालनका लागि साझा भवन बनाइएको छ । वडा भवन निर्माण कार्यसम्पन्न भई सोही प्रशासनिक भवनबाट नागरिकहरुलाई सेवा प्रदान गरिएको बताइरहँदा वडाध्यक्षले गर्व महसुस गरेकी थिइन् । तराई र पहाड उनको वडाको भूगोल हो । वडाका विकट गाउँहरुमा बाटा पुगेका छन् । गाउँ र सहरको भूगोललाई भावनासँग जोड्ने काम वडाले गरेको छ । गाउँले महिलाहरुका स्वास्थ्य सुधारका लागि पाठेघर परीक्षण शिविर,आँखा परीक्षण शिविर सञ्चालन गर्दै आएको वडाध्यक्षले बताइन् । कोभिड १९ का लागि बनाइएको आइसोलेसन भवनलाई अस्पताल बनाउने सपना बुनेकी छिन् उनले ।

उनी राजनीतिककर्मी हुन् । राजनीतिक पार्टीमा समाहित भएकै कारण उनको पार्टीले उनलाई वडाध्यक्षको पदमा उम्मेदवारी दिएको थियो र स्थानीय वडाबासीहरुले भारी मतका साथ बिजयी बनाएको सत्य हो । सोही जिम्मेवारीलाई उनले पूरा गर्ने कसम खाएकी थिइन् । महिला वडाध्यक्ष,उसैमा पनि घरव्यवहार,छोराछोरीका जिम्मेवारीले कम थकाएको छैन उनलाई तरपनि आफ्नो पार्टीप्रति वफादार छिन् । वडाबासीहरुको कामलाई पहिलो प्राथमिकतामा राखेकी छन् । त्यसैले त श्रीमान् गुमाएको १४ औं दिनमै आफ्नो वडा कार्यालय पुगेकी थिइन् । जिम्मेवारीवोधको प्रमाण थियो त्यो ।

श्रीमानलाई गुमाउनु अघिदेखि नै उनले गीतसंगीतलाई आफ्ना जीवनको अभिन्न अंग बनाइसकेकी थिइन् । लोकगायक तथा संगीतकार प्रचण्डबहादुर बुढाथोकीलाई उनले सांगीतिक गुरु मान्दा रहेछिन् । उनकै सम्झनामा बनाइएको प्रतिष्ठानमा अहिले उनी सचिव पदमा कार्यरत छिन् । मिठा गीत गाउँछिन् । आफैले गीत रचना गर्छिन् । गीत,कविता लेख्न रुचाउने उनले भविष्यमा आफ्नै जीवनगाथा लेख्ने रहर बुनेकी छिन् । उनी विचारले स्पष्ट छिन् । नागरिकप्रति प्रतिवद्ध छिन् । जिम्मेवारीमा लगनशील छिन् । व्यवहारमा दयालु छिन् तर कर्ममा कठोर । उनले आफ्नो काममा कुनै किसिमका बार्गेनिङ्ग गर्दिनन् । काममा परिणाम केवल परिणाम खोज्छिन् । त्यसैले उनी काममा कठोर छिन् । भनेको र बनाइएको योजना पूरा गर्नु उनको पहिलो सर्त हुन आउँदो रहेछ ।

यदि फर्किने भए उनले आफ्नो किशोरवय फर्काउन चाहन्थिन् तर सम्भव छैन । त्यसैले उदेक लाग्दा जीवनका हर कठिनाईलाई पन्छाउन चाहन्छिन् । मानवमा हराउँदै गएका आत्मीयतालाई पुनः उमार्न चाहन्छिन् । सबैका विश्वासलाई कुम्लो पारेर सार्थक जीवनको सगरमाथा चढ्न चाहन्छिन् ।
उनी हुन् दया दर्लामी !

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार