१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

राँझा । सामाजिक भेदभाव र लाञ्छनाका कारण बाँकेमा कुष्ठरोगको रोकथाम प्रभावकारी हुन सकेको छैन । रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय आइएनएफलगायतका सरोकारवाला निकायले पहल गर्दै आए पनि बिरामी प्रत्येक वर्ष थपिँदै आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए ।

Advertisement

“कुष्ठरोगप्रतिको धारण गाउँ समाजमा परिवर्तन हुन सकेको छैन, बिरामीलाई गरिने लाञ्छना र भेदभावले कुष्ठरोगको स्थिति ज्यूँका त्यूँ छ”, नेपालीले भने, “औषधि सेवन गरे निको भइहाल्ने भए पनि भेदभाव र लाञ्छनाले बिरामी नखुल्ने र गाउँघरमा प्रभावकारी उपचार नहुने हुँदा कुष्ठरोग बढ्दै गएको छ ।” उनका अनुसार बिरामीसँग सामान्य लसपसबाट यो रोग सर्दैन । यो रोग लागेका बिरामीलाई पूर्वजन्मको पाप तथा देवीदेवताको श्राप हो भनेर छुवाछूत गर्ने मानसिकता अझै हट्न नसकेका कारण रोकथाममा चुनौती थपिएको छ । बाँकेमा गत आर्थिक वर्षमा १३३ कुष्ठरोगका बिरामी थिए भने यस आर्थिक वर्षको पुस मसान्तसम्म ५३ बिरामी पहिचान भई विभिन्न अस्पतालबाट उपचार लिइरहेका छन् । गत आर्थिक वर्षमा पहिचान भएका १३३ कुष्ठरोगीमध्ये २९ महिला र ४२ पुरुष जटिल अवस्थाका र ३४ महिला तथा २८ पुरुष सामान्य अवस्थामा रहेका थिए ।

जटिल अवस्थामा रहेका रोगीलाई कम्तीमा १२ देखि २४ महीना नियमितरुपमा औषधि सेवन गर्नुपर्ने हुन्छ भने सामान्य अवस्थाका रोगीले कम्तीमा छ महीना सेवन गर्नुपर्ने स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिए । चालू आर्थिक वर्षको पुस मसान्तसम्म पहिचान भएका ५३ कुष्ठरोगीमध्ये नौ महिला र १९ पुरुष जटिल अवस्थाका तथा १२ महिला र १३ पुरुष सामान्य अवस्थामा रहेका छन् । बाँकेको जानकी गाउँपालिकामा यस वर्ष सबैभन्दा धेरै नेपालगञ्ज उपमहानगरपालिकामा १४ कुष्ठरोगी फेला परेका छन् । यसैगरी जानकी गाउँपालिकामा १०, नरैनापुर गाउँपालिकामा सात, खजुरा गाउँपालिकामा छ, कोहलपुर नगरपालिकामा पाँच, बैजनाथ गाउँपालिकामा पाँच, डुडुवा गाउँपालिकामा पाँच र राप्तीसोनारी गाउँपालिकामा एक कुष्ठरोगी फेला परेका हुन् ।

स्वास्थ्य संस्थामा जाँच गर्न आएका व्यक्ति, उनीहरुको सम्पर्कमा रहेका घरपरिवारका व्यक्तिको जाँच र आइएनएफले सञ्चालन गरेको साइनिङ अस्पतालमा उपचारका लागि आएका बिरामीबाट कुष्ठरोगीको पहिचान गरिँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख धीरजङ्ग शाहले बताए । उनले स्वास्थ्यचौकीसम्म पुग्न नसकेका, लुकीछिपी बसेका जिल्लाका कुष्ठरोगीलाई पुर्याउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम निरन्तररुपमा सञ्चालन भइरहेको बताए । बाँकेमा विभिन्न ठाउँबाट स्थानान्तरण भएर आउने, नियमित उपचार लिन नआउने, रोगबारे जानकारी नराख्ने, रोग लुकाउन खोज्नेजस्ता कारणले कुष्ठरोगका बिरामी बढ्दै गएको शाहको भनाइ छ । प्रमुख शाहका अनुसार सरोकारवालासँगको समन्वयकारी कार्यक्रमबाट समुदायमा अज्ञानतावश लुकीछिपी रहेका बिरामी पत्ता लगाउन मद्दत पुग्ने, जनचेतना अभिवृद्धि हुने, सक्रिय खोजपड्ताल विधिबाट बिरामीको पहिचान गरी समयमा उपचार गराएर अङ्गभङ्ग हुनबाट जोगाउन सकिन्छ ।

कुष्ठरोगका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको आइएनएफ बाँकेका प्रबन्धक श्याम विकले भेदभावका कुरा अहिले पनि समाजमा विद्यमान रहेका कारण कुष्ठरोगीले रोग लुकाउने र समयमै उपचार नपाउने अवस्था रहेको बताए । “कयौँ व्यक्तिले औषधि सेवन गरेर रोग निको भए पनि घर परिवार तथा समाजबाट लाञ्छना र भेदभाव हुने डरले परिवारसँग जानकारी नगराउने अवस्था पनि रहेको छ”, उनले भने, “पहिलेको भन्दा परिवर्तन भएको छ, अझ धेरै परिवर्तन हुन बाँकी रहेको छ ।” उनका अनुसार कुष्ठरोग बिरामीको श्वासप्रश्वासबाट सर्ने एउटा सरुवा रोग हो । रोगीले लामो समयसम्म उपचार नगराएमा शरीर अङ्गभङ्ग हुने सम्भावना हुने गर्दछ । कुष्ठरोगीको उपचार सरकारले नि:शुल्क गरेको छ । कुष्ठरोग लागेमा शरीरमा हातखुट्टा झमझम हुने, शरीरको कुनै भागमा छुँदा थाहा नहुने, लाटोफुस्रो दाग देखापर्नु, हातखुट्टामा नदुख्ने घाउ देखापर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा