२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

चितवन ।जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन् भने मानिस मास्क नलगाई भीडभाडमा देखिन्छन् ।सामान्य अवस्थामा हुने विभिन्न राजनीतिक दलका कार्यक्रम, धार्मिक एवं सांस्कृतिक कार्यक्रम, विवाह, व्रतबन्ध, गोष्ठी, सेमिनारलगायत ठूला कार्यक्रम जिल्लामा नियमित भइरहेका छन् । ती कार्यक्रममा सहभागीहरुमध्ये अधिकांश मास्क लगाएको पाइँदैन ।

Advertisement

भरतपुर अस्पतालका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी रोग फैलिएपनि सावधानी नरहेको बताउ छन् । उनले भने, “विगतमा मानिसमा डर धेरै थियो, अहिले रोग फैलिए पनि डर हराएका कारण सावधानी छैन ।” यही अवस्था रहे स्वास्थ्य क्षेत्रमा जटिल अवस्था आउने उनले चेतावनी दिए । उनले भने, “अवस्था जटिल हुने देखिन्छ ।” कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छौँ भनेर कतिपय ढुक्क भएको बताउँदै उनले भने, “यस्तो व्यक्तिमा पनि सङ्क्रमण हुन सक्छ, रोग सार्न पनि सक्छन् ।”

सामान्यतया सङ्क्रमित व्यक्तिको छ फिट वरपर बढी जोखिम हुने भए पनि एउटै हलमा पङ्खा लगाएर बस्दा यो धेरैतिर फैलिने उहाँले जानकारी दिए । उनले भने, “जिल्लामा अहिले पङ्खा लगाएर कार्यक्रम भइरहेका छन् । यो निकै जोखिमपूर्ण छ ।” मानिसले मुखमा नभएर हातमा मास्क बोकेर हिड्ने गरेको भन्दै उनले यस्तै अवस्था रहे आगामी दिन झ डरलाग्दो भयावह हुने बताए ।भारतीय क्षेत्रबाट रोग छल्न यहाँ आउने लहर बढेको भन्दै उनले सीमा क्षेत्रमा कडाइ गर्नुपर्नेमा जोड दिए । जिल्लामा सङ्कलन भएका नमूना बाहिर नपठाएकाले कोरोनाको परिवर्तित रुप हो वा पुरानै हो भन्ने यकिन नभएको उनको भनाइ छ । उनले अगाडि भने, “नयाँ परिवर्तित भएका कारण पनि यहाँको प्रयोगशालाले नदेखाएको हुन सक्छ ।”

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले हिँड्डुल गर्ने आधाले पनि मास्क नलगाएकाले जोखिम उच्च रहेको बताए । स्वास्थ्य निर्देशिका पालना नभएको भन्दै उनले सावधानी नअपनाउँदा भयावह हुन सक्ने चिन्ता व्यक्त गरे । उनले भने, “जिल्लामा दैनिक १० भन्दा बढीमा अहिले सङ्क्रमण देखिएको छ । यो दिनहुँ बढ्ने अवस्थामा छ ।”व्यक्ति स्वयंले रोगको जटिलताको बारेमा नबुझेसम्म नियन्त्रण कठिन भएको भन्दै उनले नागरिकलाई बुझाउनै नसकिएको गुनासो गरे। भीडभाड गरेर कार्यक्रम नगर्न भनिएको भए पनि पालना हुन नसकेको तिवारीको भनाइ छ ।

भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेडेण्ट डा जगन्नाथ तिवारी बिरामी थपिने क्रम जारी रहेको बताउ टन्। उनका अनुसार भरतपुर अस्पतालमा मात्रै अहिले २२ जना सङ्क्रमित रहेका छन् । अस्पतालले १० श्ययाको सघन उपचार कक्षसहित ६३ श्यया कोरोना सङ्क्रमितका लागि छुट्याएको छ । निजी दुई मेडिकल कलेजले पनि सङ्क्रमितको उपचार गरिरहेका छन् ।प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्वास्थ्य निर्देशिका पालना गर्न जिल्लावासीलाई सूचना जारी गरेको भए पनि पालना हुन नसकेको बताए । विभिन्न क्षेत्रका सरोकारवालासँग दैनिक छलफल भइरहेको भन्दै उनले हालसम्म भने कडाइका साथ प्रतिबन्धहरु भने लगाई नसकिएको जानकारी दिए।

बिरामी उपचारका लागि सरकारी र निजी क्षेत्रलाई तयारी गर्न लगाइएको भन्दै उनले हालसम्म उपचार गर्न कुनै समस्या नरहेको बताए । सङ्क्रमण थप फैलिँदै गएमा गर्नुपर्ने तयारी गर्न अस्पताललाई निर्देशन दिएको उनको भनाइ छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लामा हालसम्म सात हजार ५९ सङ्क्रमित भएकोमा छ हजार ८१८ निको भएका छन् । हाल सङ्क्रमित १२७ रहेका छन् । तीमध्ये २६ जना अस्पतालमा छन् भने १०१ होम आइसोलेशनमा रहेका छन् । हालसम्म जिल्लाका ११४ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

भोलि देशैभरका नासु बिदामा बस्ने पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक