६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । अहिले देशका धेरैजसो ठाउँको मौसम खुलेको छ ।पहाडी भेगको केही ठाउँमा आंशिकदेखि समान्य बादल लागेको भए पनि धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि लगातार हावाहुरीसहित परेको पानीले आकाशमा लागेको तुवाँलो पनि हटेर गएको छ । केही दिनअघि तुवाँलोले पारदर्शितामा कमी आएको थियो ।

Advertisement

पानी पर्नुअघि प्रदूषण र तुवाँलोका कारण काठमाण्डौको त्रिभुवन विमानस्थल आसपासको भिजिबिलिटी एक हजार मिटरमा झरेको थियो । अहिले औसतमा ६ देखि ८ हजार मिटरमा पुगेको छ । हावाहुरी र वर्षासँगै धेरैजसो ठाउँको वायु प्रदूषण पनि केही सुधार भएको छ । काठमाण्डौ उपत्यकासहित धेरैजसो ठाउँमा वायु प्रदूषण मध्यम अवस्थामा रहेको वातावरण विभागले जनाएको छ ।

धनगढी र सिमरामा भने अहिले पनि वायु प्रदूषण अस्वस्थ अवस्थामा रहेको छ । अहिले मौसम सामान्यतया सफा रहेको भए पनि बेलुकीपख देशका पहाडी ठाउँहरुमा सामान्य पानी पर्ने मौसमविद्ले बताएका छन् । स्थानीय र पश्चिमी वायुको प्रभावका कारण बेलुकीपख देशका मध्य र पूर्वी पहाडका विभिन्न ठाउँहरुमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए।

बाँकी ठाउँको मौसम भने सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रि-मनसुनको समय भएकोले पहाडी क्षेत्रमा दैनिकजसो बेलुकीपख बादल लागेर केही ठाउँमा सामान्य पानी पर्छ । यो हप्ताभरि नै बिहान र दिउँसो समान्यतया मौसम सफा भएर बेलुकीपख मौसम बादल लाग्ने मौसमविद् वरुण पौडेलले जनाए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार