२३ श्रावण २०७९, सोमबार

Aug 8, 2022

बुटवल । नेपाल भारतको सबैभन्दा ठूलो स्थल नाका भैरहवा(बेलहिया–सुनौली) नाका २४ घन्टाका लागि पूर्ण रुपमा बन्द भएको छ । रुपन्देहीसंग सिमा जोडिएको भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचनका लागि आज मतदान भएकोले नाका हिजो देखिनै बन्द भएको हो ।

नाका आज राती मात्र खुल्ने सुरक्षा अधिकारीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले नाका र्ण रुपमा बन्द भएको बताए । उनले नाकाबाट आवत जावत गर्न नपाईने तर, बिरामीहरुको हकमा भने सुरक्षा अधिकारीहरुको समन्वयमा व्यवस्था मिलाईने बताए । नाका मंगलवार बिहान मात्रै खुल्ने जनाईएको छ ।

निर्वाचनका कारणले आईतबार देखिनै सुनौली बजार सुनसान थियो। औषधी पसलहरु मात्र खुलेका थिए । अति आवश्यक काम रहेकालाई सोधपुछ गरी वारीपारी गर्न दिईएको थियो । भारतमा कोरोना भाईरस संक्रमण बढदै जादा भारतिय पक्षले नाकामा कडाई गर्दै आएको छ । सिमावर्ति भारतिय गाउँ पञ्चायतमा निर्वाचन भएपछि सिमावर्ति क्षेत्रमा सुरक्षा गस्ती समेत बढाईएको जनाईएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

पूर्व–पश्चिम लोकमार्गमा बस दुर्घटना, पाँच जना घाइते निर्मला प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप, अनुसन्धान जारी विश्वका लागि ताइवान किन यति महत्त्वपूर्ण छ ? गैरसांसदको कार्यकाल सकिएसँगै मन्त्री छान्न संसदीय दलको बैठक हेटौंडामा पाँच सवारीसाधन एक-अर्कासँग ठोक्किएपछि… चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण ‘तिम्रै मान्छे हुम कर’ सार्वजनिक नेपाल समाजवादी पार्टीको लुम्बिनी इन्चार्जमा खनाल जापानको आधुनिक प्रविधि नेपालमा भित्र्याउनका लागि पहल गर्न प्रचण्डकाे आग्रह नेपाल खेलकूद महासंघ तिलोत्तमा ११ मा वडा कमिटि, अध्यक्षमा पुन आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ? ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने इजरायलद्वारा गाजा युद्धविरामको प्रस्ताव स्वीकार भूमि आयोगः सम्झौतामा स्थानीय तहहरुको वेवास्ता, भूमिहीनहरु निराश सत्ता गठबन्धनलाई सिट बाँडफाँट मिलाउन कति सहज? गरिब किन गरिब भए ! पुरानो सुनलाई टल्काउछौँ भन्दै ठगी गर्ने दुई भारतीय नागरिक पक्राउ सिट बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै कर्णालीका चार ठाउँमा नयाँ सहर, पूर्वाधारको काम छैन सन्तोषजनक नेपालीहरूलाई पनि भारतीय सेनाको अग्निपथ भर्ना गर्ने योजना