६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको एघारौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार बसेको प्रथम बैठकले विभिन्न निणर्य गरेको छ ।
महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता तथा निवर्तमान अध्यक्ष यानेन्द्र जिसिको उपस्थितीमा बसेको बैठकले निर्वाचन सम्पन्न गर्न महत्वपूणर् सहयोग गर्ने निवर्तमान कार्यसमिति, निर्वाचन समिति, पत्रकार सम्बद्धसंघ सगंठन, सुरक्षाकर्मी एंव विभिन्न संघसंस्थालाई धन्यवाद ज्ञापन गर्ने निणर्य गरेको छ । सचिव विनोद परियारले एक प्रेस विज्ञिप्त जारी गरि बैठकका निणर्यहरु सार्वजनिक गरेका हुन ।
महासंघको नवनिर्वाचित कार्यसमितिले आगामि कार्ययोजना निर्माणका लागि महासंघका पूर्वअध्यक्ष, पूर्व पदाधिकारी, प्रेस स्वतन्त्रता सेनानी, अग्रज पत्रकार तथा पत्रकार सम्बद्ध संगठनका अध्यक्षहरुसँग सुझाव संकलन गर्ने गरि बैशाख ११ गते अन्तरक्रिया कार्यक्रम गर्ने निणर्य गरेको छ ।
यसैगरि २०७८ सालको क्यालेण्डर तथा डाइरेक्ट्री प्रकाशन गर्ने निणर्य पनि गरेको छ । यस्तै बैठकले पत्रकार महासंघ रुपन्देहीका सदस्य पत्रकार कुलमणी ज्ञवालीकी ममतामयी माता ८१ बर्षिय खगेश्वरी ज्ञवालीको आईतबार निधन भएकोमा दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना तथा मृतक स्व. माताप्रती श्रद्धान्जली अर्पण गर्ने निणर्य गरेको छ । यसैगरि प्रथम बैठकले संस्थागत कामका लागि सचिवालय गठन तथा अन्य प्रशासनिक निणर्य समेत गरेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार