१९ चैत्र २०७९, आईतवार

Apr 2, 2023

नेपालगञ्ज । पछिल्लो पटक कोरोना हटस्पट बनेको बाँकेमा कोरोना भाइरसको संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । विशेष गरेर नयाँ वर्षको आगमनसँगै जिल्लामा कोरोना संक्रमण आक्रामक रूपमा फैलिएको छ । आइतबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ८१ नमूना परिक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । जसअनुसार संक्रमण दर ९२.६ प्रतिशत रहेको पाईएको छ ।

Advertisement

गएको एक साताको अवधीमा गरिएको परीक्षणको विष्लेशण गर्दा संक्रमण दर अतिनै उच्च रहेकोले जिल्लामा कोरोना नियन्त्रण भन्दा बाहिर गैसकेको पुष्टि भएको भेरी अस्पतालका चिकित्सकहरुले जनाएका छन् । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले आइतवार मात्रै संक्रमण दर ९२.६ प्रतिशत रहेको भेटिएपछि आफुहरु निकै चिन्तामा परेको जनाउँदै समुदायस्तरमा धेरै ठुलो संख्या संक्रमण फैलिसकेको देखिएको बताए ।

उनले अब समुदायस्तरमा परीक्षणको आवश्यकता रहेकोले त्यसतर्फ सबैले तत्कालनै ध्यान दिनु आवश्यक रहेको बताए। उनले बाँकेको गम्भीर अवस्थालाई हेरेर लकडाउनको विकल्प नदेखिएको पनि बताए । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिवार १६६ र शुक्रवार २०० जनामा संक्रमण पुष्टि भएको थियो । गत चारदिनमा मात्रै जिल्लामा ६ सय भन्दा बढी संक्रमित थपिएका छन् । भेरी अस्पतालको प्रयोगशालामा आइतवार पुष्टि भएका कोभिड संक्रमितहरू अधिकांश स्वास प्रस्वास सम्बन्धी समस्या ज्वरो वा अन्य लक्षण सहित उपचारका लागि अस्पताल आएका बिरामीहरू रहेको प्रयोगशालाले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जले संक्रमणको अवस्था समुदायमा कस्तो छ भनि जान्न समुदाय स्तरबाटै नमूना संकलन गरी परिक्षण गर्न आवश्यक रहेको जनाएको छ । यसका लागि सरकारबाट प्रयाप्त रियजेन्ट र अन्य आवश्यक सामग्री प्राप्त हुने हो भने परिक्षणको दायरा बढाउन अस्पताल सधैं तयार रहेको अस्पतालले जनाएको छ । भेरी अस्पतालको कोरोना विशेष आइसोलेसन वार्डको १०२ बेड र संकास्पद विरामीलाइ राख्ने ४० शैयाको प्रि आइसोलेसन वार्ड गरी जम्मा १४२ बेड भरिइसकेको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए ।-सिराज खान/गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस्

Flash News

बुटवल-पाल्पा सडक दैनिक ९ घण्टा बन्द हुने उपसचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर निजी विद्यालयको सेटिङमा एसईईमा व्यापक चिट चोरी रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन आरआर क्याम्पसमा २७ चैतमा स्ववियु निर्वाचन बारा- २ : हेभिवेट भिडन्तमा पूर्वमन्त्री पौडेललाई अघि सार्ने एमालेको तयारी राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार रुकुममा ५ थान भरुवा बन्दुक बरामद दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सकिन्छ : प्रधानमन्त्री कपिलबस्तुमा लागु औषधसहित २ जना पक्राउ काेशी नामाकरण बिरुद्व भईरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणको तयारीबारे सांसदको चासो कामना सेवा विकास बैंकले गर्‍याे लाभांश घोषणा कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा मिटरब्याजीको रकम राष्ट्रियकरण गर्न र पीडितलाई न्याय दिन संसदमा माग समाजसेवी सावित्री साहुको स्मृतिमा श्रीमान‍्ले राखे दुई लाखको अक्ष्यकोष कांग्रेसले बारा-२ मा उपेन्द्र यादवलाई समर्थन गर्ने डलरसँगै घट्यो युरोको भाउ, कतिमा हुँदैछ बिदशी मुद्राकाे खरिदबिक्री ? मोदी इनर्जीको आईपीओ बाँडफाँट राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शिक्षण अस्पतालमा