१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चारधामका कलात्मक नमूना मन्दिर निर्माण गरिने भएको छ । पुराणमा उल्लेख भएअनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरी चार धाम र नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूप बन्न लागेको हो ।

Advertisement

पृथ्वीमा स्वर्गको आभास हुने परिकल्पना गरिएको मोक्षधाममा ती धामसहित विभिन्न देवीदेवताका मूर्ति राखिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले बताए । उनका अनुसार रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो । ती ६ धाम निर्माणका लागि करीब रु एक अर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । मोक्षधामको यही वैशाख ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । आयोजना निर्माण स्थल (मोक्षधाम)मा बद्रिनाथ, जगन्नाथ, रामेश्वरम, द्वारिका, रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तूपको सन्तमहन्त, जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी लब्धप्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनबाट सामूहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी दिए ।

यसैगरी निर्माण सपन्न मुक्तिनाथ मन्दिर, एक हजार १०८ शिवलिङ्ग द्वादश ज्योर्तिलिङ्गसहित विश्वनाथ पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्सङ्ग कक्ष) भवन, वृद्धा तथा बाल आश्रम र सभाहलको उद्घाटन गर्ने कार्यक्रमसमेत तय गरिएको छ । ती निर्माण सम्पन्न पूर्वाधारको उद्घाटनका लागि अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज र श्री १००८ स्वामी विवेकानन्द सरस्वतीजी महाराज सहभागिता रहने बताइएको छ ।

सनातन वैदिक धर्मावलम्बीको पवित्र तीर्थस्थल निर्माण गर्ने उद्देश्यले २०६८ सालमा मोक्षधामको परिकल्पना गरी २०७२ सालदेखि पूर्वाधार निर्माण शुरु गरिएको थियो । मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, सत्सङ्ग हल, द्वादश ज्योतिर्लिङ्ग तथा एक हजार १०८ शिवलिङ्ग स्थापना सहितको विश्वनाथ मन्दिर, हवनकुण्ड, अमृत कुण्ड, बाल तथा वृद्धाश्रम, मुक्तिनाथ मन्दिर तथा सभा हल निर्माण गरिएको छ । जसमा भौतिक पूर्वाधार निर्माणमा मात्रै करीब रु ६ करोड खर्च भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य