ताजा अपडेट »

लुम्बिनी बाणिज्यलाई बिबिए–एफ.ए. सञ्चालनको अनुमति

बुधबार, २९ जेठ २०७६, १९ : ०५
6 Shares

जेठ २९, बुटवल । नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस २०७५ बाट विभुषित लुम्बिनी बाणिज्य क्याम्पसले यसै वर्षदेखि शैक्षिक कार्यक्रम बिबिए–एफ.ए. सञ्चालनको अनुमति पाएको छ । बुटवलमै पहिलोपटक त्रिभुवन विश्वविद्यालयको बिबिए कार्यक्रम वित्तशास्त्र तथा लेखाशास्त्रमा विशिष्टिकृत रहनेछ ।


त्रिभुवन विश्वविद्यालय अन्र्तगत काठमाण्डौ र उपत्यका बाहिर केही क्याम्पसले मात्र सिमित सिटमा भर्ना गर्ने गरिएको बिबिए कार्यक्रम पहिलो पटक बुटवलले सञ्चालनका लागि अनुमति पाउनु खुसीको रुपमा लिइएको छ  । शैक्षिक बेरोजगारीले विद्यार्थीमा नैराश्यता बढ्दै गएको अवस्थामा विश्व बजारको माग अनुसार बिक्ने जनशक्ति उत्पादनको उद्देश्यले बिबिए कार्यक्रम सुरु गरिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले जानकारी दिए ।
विश्वविद्यालय अनुदान आयोगबाट दोश्रोपटक गुणस्तर प्रमाणपत्र समेत प्राप्त गर्न सफल वाणिज्य क्याम्पसमा हाल त्रिभुवन विश्वविद्यालयकै एमबिएस, एमबिए, बिबिएस तथा बिबिएम कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा थप बुटवलको माग अनुसार बिबिए–एफ.ए कार्यक्रम पनि अध्यापन हुन लागेको हो ।


क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले विश्वव्यापी प्रचलनमा रहेको व्यवस्थापन क्षेत्रमा  दक्ष जनशक्ती उत्पादन गर्न बिबिए कार्यक्रम एउटा राम्रो आधार रहेको बताउदै बुटवलमा सुरु हुने यस बिबिए कार्यक्रम अध्यापनले यस क्षेत्रमा निकै राम्रो प्रभाव पार्ने र राष्ट्रिय तथा स्थानियस्तरमा बैंकिङ तथा कर्पोरेट क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा थप सहयोग पुग्ने आशा व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयबाट ८८ सिटको मात्र कोटा पाएको क्याम्पसले बिबिए–ए.फए. कार्यक्रम आठ सेमेष्टरमा अध्यापन हुने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।