ताजा अपडेट »

आहा ! रारा गोल्ड कपः उद्घाटन खेलमा आयोजक र एपीएफ भिड्दै

शनिबार, २१ चैत्र २०७७, ११ : ३१
6 Shares

काठमाडौँ । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लबस्तरीय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता’ आजबाट सुरु हुने भएको छ । 

पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक टोली सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच दिउँसो २ः३० बजे  प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा जित निकाल्दै दुबै टिम सेमिफाइनल पुग्ने लक्ष्यमा छन् । 

प्रतियोगितामा सहारा र एपिएफसहित नेपालका ‘ए’ डिभिजनका क्लबहरु मनाङ मस्र्याङदी, नेपाल पुलिस क्लब, रुस्लान थ्रीस्टार, सङ्कटा क्लब, मच्छिन्द्र क्लब र एक विदेशी टोली अफ्रिकन रुट्स एसोएिसन (एआर)ले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।