ताजा अपडेट »

प्रदेश १ को मन्त्रिमण्डल विस्तार

शुक्रबार, १३ चैत्र २०७७, ११ : २२
8 Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गरेका छन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रदेशसभा सदस्य टंक आङबोहाङलाई अर्थमन्त्रीको जिम्मेवारी दिइने भएको छ । 

उषाकला राईलाई सामाजिक विकासमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरलाई सोही मन्त्रालयको जिम्मेवारी दिइने तयारी रहेको स्रोतले बतायो ।उदयपुरकी सांसद कला घले कृषि  तथा सहकारी राज्यमन्त्री र मोरङका राजकुमार ओझा वन राज्यमन्त्री बन्ने भएका छन् । नयाँ मन्त्री र राज्यमन्त्रीहरुको आजै अपरान्ह १ बजे सपथग्रहण कार्यक्रममा राखिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।