ताजा अपडेट »

रेडियो मुक्तिको अध्यक्षमा पोखरेल

शनिबार, ०७ चैत्र २०७७, २१ : ५९
10 Shares

बुटवल । रेडियो मुक्ति बुटवलको अध्यक्षमा खेमकुमारी पोखरेल ‘दिपु’ सर्वसम्मत निर्वाचित भएकी छन् । शनिबार बुटवलमा सम्पन्न १२औ वार्षिक साधारण सभा तथा ५ औ अधिवेशनबाट उपाध्यक्षमा इन्दिरा आचार्य, सचिवमा कल्पना न्यौपाने, सह–सचिवमा माया क्षेत्री, कोषाध्यक्षमा अमृता पाण्डे ‘अनमोल’ चयन भएका हुन् ।

यसैगरी सदस्यहरुमा जमुना सुवेदी, किस्मत चौधरी, निरा गौतम, ओमी पुन, उमा ढकाल, संगीता गौतम अर्याल चयन भएका छन् । सह-सचिव पदमा माया क्षेत्री र बिन्दु थापाको उम्मेदवारी परेपछि निर्वाचन गरिएको थियो । निर्वाचनमा माया क्षेत्री ३७ मत प्राप्त गरि बिजेता भएकी छन् भने बिन्दु थापा पराजित भएकी निर्वाचन समिति आयुक्त तारा पाण्डेले जानकारी दिइन् । निर्वाचन समिति सदस्यमा राधा न्यौपाने र सुमन पन्थी रहेका थिए ।

उत्कृष्ट कर्मचारी पाण्डे लगाएतलाई सम्मान

समारोहमा रेडियोकी समाचार प्रमुख मिना पाण्डे अस्मिना सम्मानित भएकी छन् । पाण्डेलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले नगदसहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेका हुन् । स्थापनाकालदेखि अहिलेसम्म समाचार शाखामा रहेर आफनो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको र रेडियोलाई पुर्याएको योगदानको कदर गर्दै उनलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको संस्थाले जनाएको छ ।

२०६५ सालमा स्थापना भएको रेडियोमा पाण्डे कार्यक्रम प्रस्तोता, समाचारवाचक हुँदै हाल समाचार प्रमुखको रुपमा कार्यरत छिन् । त्यस्तै कार्यक्रममा रेडियोलाई पुर्याएको योगदानको कदर गर्दै रेडियोका पूर्व अध्यक्ष तथा प्रमुख सल्लाहकार साबित्रा अर्याल ,अर्का अध्यक्ष गुमादेवी आचार्य र कार्यवाहक अध्यक्ष खेमकुमारी पोखरेल‘दिपु’लाई सामुदायिक रेडियो प्रसारक संघको केन्द्रिय महिला सदस्यमा निर्वाचित भएकोमा सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।