ताजा अपडेट »

रुपन्देहीमा अबैध काठ बरामद

विहीबार, ०५ चैत्र २०७७, १३ : ५१

बुटवल । रुपन्देहीको रोहिणी गाउपालिका–१ सेमरपानीमा अबैध काठ बरामद भएको छ । बुधबार दिउँसो गस्ती गर्दै जाने क्रममा रोहिणी गाउपालिका–१ सेमरपानी स्थितमा पुग्दा रोकि राखेको लु २ त ४२११ नम्वरको ट्याक्टरमा अवैध बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

अवैध रुपमा सिसौ जातको काठको गोलिया थान ८ रहेको र नापजाँच गर्दा ३९.०२ क्यु फिट रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर र काठलाई बन डिभिजन कार्यालय रूपन्देही पठाईएकोे छ।

https://www.globalaawaj.com/archives/91294
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।