२३ असार २०७९, बिहीबार

Jul 7, 2022

जाजरकोट। दुवै मिर्गौला फेल भएपछि जीवनमरणको दोसाँधमा अस्पतालको शय्यामा छट्पटाइरहेका नलगाड नगरपालिका–८ का ३६ वर्षीय नेत्रहादुर बस्नेत सहयोगका लागि याचना गरिरहेका छन् । उपचार गर्दागर्दै सबै सम्पत्ति सकिएको भन्दै उनले आफूलाई सहयोग गरेर बचाइदिन अनुरोध गरेका छन् ।

अत्यन्त विपन्न परिवारका उनले अहिले काठमाडौँस्थित केएमसी अस्पतालमामा उपचार गराइरहेका छन् । उनको हप्तामा दुईपटक डायलासिस गर्नुपर्छ । गत पुसमा बिरामी परेका उनलाई उपचारका लागि काठमाडौँ लगिएको थियो । शिक्षण अस्पताल काठमाडौँले दुवै मिर्गौला फेल भएको पत्ता लगाएको थियो । काठमाडौँमै उपचार गराइरहेका उनलाई खर्चले धान्न नसकेपछि अहिले उपचार कार्य रोकिने अवस्थामा पुगेको छ । आफन्तले मिर्गौला दिने तयारी गरे पनि अर्थाभावले मिर्गौला प्रत्यारोपण गर्न नसकिएको उनकी श्रीमती दिलमायाले बताईन्।

“घरको आर्थिक अवस्था निकै नाजुक छ । छोरा, छोरी साना छन् । घरमा कमाइ गरिदिने कोही छैनन् । दैनिक छाक टार्नसमेत मुस्किल परिरहेको परिवारले मिर्गौला प्रत्यारोपण गर्न लाग्ने रु १०र१२ लाख कसरी जुटाउने भन्ने चिन्ताले सताइरहेको छ”, उनले भने , “म श्रीमान्लाई बचाउन चाहन्छु तर हामीसँग पैसा छैन । अहिलेसम्म ऋणसाहु गरेर बचायौँ । प्रत्येक हप्ता दुईपटक डायलासिस गर्ने र दुई महिनामा एकपटक रगत दिनु पर्दछ ।” ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

दाङमा भोलिदेखि सुरु हुँदै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड कपिलवस्तुमा करेन्ट लागेर २२ वर्षीय तेलीको मृत्यु प्रहरी समायोजन ऐन कार्यान्वयन नभए आन्दोलनमा उत्रिने ६ वटा प्रदेशको चेतावनी माओवादीको पोलिट्ब्यूरो १५६ सदस्यीय, ३१ वैकल्पिक सदस्य थप उपराष्ट्रपतिले भारतीय राजदूतसँग भने– नेपाल, भारत र चीनबीच त्रीपक्षीय सहकार्य गर्नुपर्छ एम्बुलेन्स दुर्घटना हुँदा तीन महिने शिशुको मृत्यु मिस्टर एण्ड मिस नवलपरासीको उपाधि रवि र श्रुतिलाई लुम्बिनीको दाङमै उत्पादन हुन्छ डिएपी मल माओवादी पोलिटव्युरो १२५ सदस्यीय, प्रचण्डको परिवारबाट चार जना (नामसहित) नेप्से १६ अंकले घट्यो माओवादी केन्द्रको माग- एसपीपीमा सहभागी नहुने पत्र अविलम्ब अमेरिकालाई पठाइयोस् कारागारमा क्षमताभन्दा तीन गुना बढी कैदीबन्दी, सुत्न र शौचालय जान समस्या प्रचण्डको प्रतिवेदन केन्द्रीय समितिबाट सर्वसम्मतिले पारित स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते बुढीगंगाको मतदान केन्द्रमा तनाव, प्रहरीद्वारा हवाइ फायर तिनाउ करिडोरमा काम गर्ने एक मजदुर बुटवलको देविनगरमा मृत फेला आधारभुत विद्यालय : कोठा एक, कक्षा चार रुपन्देहीमा अवैध रूपमा ल्याउँदै गरेको सुनसहित भारतीय पक्राउ १५ वर्षीया किशोरी बलात्कृत पदाधिकारी आजै टुंगिन्छः वर्षमान पुन