ताजा अपडेट »

वार्षिकोत्सवमा १७ राससकर्मी पुरस्कृत हुँदै

बुधबार, ०५ फागुन २०७७, १४ : २९
24 Shares

काठमाडौँ। राष्ट्रिय समाचार समिति ९रासस को ६० औँ वार्षिकोत्सवको अवसरमा वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पु¥याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरिने भएको छ ।

पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो । राससका अनुसार प्रदेश नं १ बाट केदार मगर ९खोटाङ, प्रदेश नं २ बाट गोपालप्रसाद बराल ९महोत्तरी, वाग्मती प्रदेशबाट अच्युत रेग्मी ९ केन्द्रीय कार्यालय काठमाडौँलाई पुरस्कृत हुनेछन् ।

यस्तै गण्डकी प्रदेशबाट कृष्ण दवाडी ९कास्की र खेमराज गौतम ९गलकोट, बागलुङ, लुम्बिनी प्रदेशबाट भेषराज बस्नेत ९राँझा, बाँके र दीपक बोहोरा ९तुलसीपुर, दाङ पुरस्कृत हुन्छन् । कर्णाली प्रदेशशबाट दाने बोहोरा ९सिकोट, हुम्ला र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा ९टीकापुर, कैलाली छन् । यस वर्षको उत्कृष्ट आलेखको पुरस्कार खलङ्गा, जुम्लाका विजय रावतले प्राप्त गरेका छन् । उनको ‘जुम्लाका कालीमार्सी धान रोपाइँको चटारो’ शीर्षकको आलेख पुरस्कृत भएको हो ।

यस्तै फोटोतर्फ फोटो पत्रकार प्रदीपराज वन्त ९काठमाडौँ सम्मानित हुनुहुनेछ । कोभिड–१९ सङ्क्रमणको प्रतिकूल समयमा सक्रिय भई निरन्तर खटिने फोटो पत्रकार तथा समाचारदातालाई समेत वार्षिकोत्सवका अवसरमा सम्मान गर्न लागिएको छ । त्यसमा रोशन सापकोटा र चन्द्रकला क्षत्री ९काठमाडौँ, राधिका कँडेल ९पोखरा, चन्द्रकला भण्डारी ९ झापा, हरिकुमार राई ९उदयपुर र तारानाथ आचार्य ९बलेवा, बागलुङ छन् ।

वार्षिकोत्सवका अवसरमा रासस भीमदत्तनगर, कञ्चनपुर कार्यालय भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन सफल रासस भीमदत्त नगर कार्यालयका प्रमुख शेरबहादुर सिंहलाई सम्मान गरिने भएको छ । प्रदेश सरकारको रु ३५ लाखको लागत इष्टिमेटसहित भवन निर्माणको काम शुरु भएको छ । यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६० औँ स्थापना दिवस मनाउने कार्यक्रम तय भएको छ ।

रासस
लेखकको बारेमा
रासस