ताजा अपडेट »

लुम्बिनीको राजधानीमा प्रदेश स्थापना दिवसको मूल समारोह

सोमबार, ०३ फागुन २०७७, ०९ : ५६
20 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज मूल समारोह आयोजना गर्दै छ । प्रदेश राजधानी दाङमा आयोजना हुने समारोहमा ५८ जना व्यक्तिहरुलाई विभिन्न पदकले विभूषित गर्ने कार्यक्रम रहेको छ । गत असोज ३ गते प्रदेश सरकारले ११ प्रकारका पदक मार्फत ५८ जनालाई विभूषित गर्ने निर्णय गरेको थियो ।

दाङ देउखुरीको मौरीघाटस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने मूल समारोहमा प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, प्रदेशका मन्त्रीहरु, उपसभामुख, प्रदेशका सांसदहरुलगायतको सहभागिता रहने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेश सरकार स्थापना भएको तीन वर्षको उपलब्धी समेटिएको पुस्तक र मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रमको समीक्षागत पुस्तिका पनि सार्वजनिक गरिने भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।