१७ असार २०७९, शुक्रबार

Jul 1, 2022

वाग्मती। कवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले पशुमैत्री पार्क निर्माण प्रक्रिया अगाडि बढाएको छ । गाउँपालिकाको वडा नं ३ स्थित कालीखोला सामरीमा रु सात करोड तीन लाख ७६ हजारको लागतमा पार्क निमाण गर्न लागिएको उक्त गाउँपालिकाले जनाएको छ ।

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको आर्थिक लगानीमा निमार्ण हुने गरी बहुवर्षीय योजनाअन्तर्गत पार्क निर्माण कार्य अगाडि बढाइएको हो । पार्क निर्माणका लागि प्रथम चरणअन्तर्गत बागमती प्रदेशको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको चालु आव २०७७-७८ को स्वीकृत कार्यक्रमअन्तर्गत निर्देशनालयको रु १० लाख, गाउँपालिकाको रु १० लाख तथा स्थानीयवासीको रु दुई लाख ७८ हजारको लागत सहयोगमा निर्माण हुने बताइएको छ । उक्त बजेट पनि विनियोजन भइसकेकको छ । बजेट विनियोजनसँगै उक्त पार्क निमार्णका लागि निर्देशनालयका निमित निर्देशक रामप्रकाश प्रधान र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीबीच सम्झौता पत्रमा हस्तान्तरण गरिएको पुडासैनीले जानकारी दिए ।

उनका अनुसार पशुमैत्री पार्कमा विभिन्न प्रजातिका गाई, भैँसी, बाख्रा लगायतका आकृति, तालीम केन्द्र, रमणीय बगैँचा, नमूना घाँसका प्रजाति, दाना उत्पादन केन्द्र, सहकारी भवन, पराल राख्ने स्थान, पानी ट्याङ्की, स्वीमिङ पुल, चमेना गृह, पिकनिक स्थल, शौचालय, विश्रामस्थल र पदमार्ग लगायतका संरचना निमार्ण हुने बताइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनी सरकारलाई अर्को चुनौती, अस्पताल विकास समितिलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश घुस रकमसहित अदालका कर्मचारी अख्तियारको फन्दामा लुम्बिनी प्रदेशमा २७८ मृगौला रोगी तथा १४७३ दमका विरामीलाई उपचारमा आर्थिक सहयाेग काँग्रेसमा संस्थापन इतरको बैठक आज पनि बस्ने यस्तो छ ३ दिनसम्ममको मौसमी आंकलन बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि लुम्बिनीको दाङमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते जुम्लामा जिल्ला स्तरीय कृषि मेला : चिनोदेखि भाँगोसम्म प्रदर्शनी अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ४३ जना घाइते दाङमा सिकलसेलको स्क्रिनीङ परिक्षण गाई-गोरु बाँध्ने गोठमै नवजात शिशुसहित सुत्केरीको बास ५ वर्षीया बालिका बलात्कृत, १६ वर्षीय किशोर पक्राउ धान दिवसमा रोपाइँसँगै विविध सांस्कृतिक कार्यक्रम लुम्बिनीका ६ जिल्लामा सिकलसेल एनिमियाका बिरामी, परीक्षणमै समस्या इस्माले दुना–टपरी उद्योग सञ्चालन गर्ने शेखर कोइरालाको भेलामा को को सहभागी ? (फोटोफिचर) नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि रातभर सुत्दैनन् बुटवलकाे ज्योतिनगरबासी, टालटुले उपायले रोकिएला पहिरो ? माओवादी गुल्मीका पुराना नेता कार्की केन्द्रिय सदस्यमा मनोनित