ताजा अपडेट »

सैनामैना मेयर कप फुटबल : फर्साटिकर सेमिफाइनलमा

विहीबार, २९ माघ २०७७, १९ : ०८
12 Shares

बुटवल । तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता अन्तरगत बिहिबारको खेलमा कपिलवस्तु जिल्ला फुटवल संघलाई पराजीत गर्दै फर्साटिकर युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । आज भएको दोस्रो क्वाटर पाइनल खेलमा फर्साटिकरले कपिलवस्तुलाई ३–१ को गोल अन्तरले पछि पार्दै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतियोगितामा फर्साटिकरका रुपक लामा म्यान अफ द म्याच घोषित भएका छन् । सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग क्लब, देवापारको ब्यवस्थापनमा जारी प्रतियोगिताको फाइनल खेल आगामी फागुन ४ गते हुने आयोजकले जनाएको छ । विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगितामा अन्तिम ४ मा पुग्ने अन्य दुई टिमले नगद २०÷२० हजार प्राप्त गर्ने छ । यसैगरी विधागत रुपमा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकहरुलाई पनि नगद पुरस्कारले सम्मानित गरिने आयोजकले जनाएकोा छ ।

https://www.globalaawaj.com/archives/80912
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।